bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 32
Jeremiah 32
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 33 →
1
यहूदाका राजा सिदकियाहको शासनकालको दशौँ वर्षमा, अर्थात् नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा याहवेहको यो वचन यर्मियाकहाँ आयो।
2
त्यस बेला बेबिलोनका राजाका सेनाहरूले यरूशलेमलाई घेरिराखेका थिए। अनि यर्मिया अगमवक्तालाई चाहिँ यहूदाको राजकीय महलको पहरेदार चोकमा कैदमा राखिएको थियो।
3
यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर त्यहाँ कैद गरेका थिए, “तैँले किन अगमवाणी गर्छस् र यसरी भन्छस्? याहवेह यसो भन्नुहुन्छ: ‘मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु र त्यसले यसलाई कब्जा गर्नेछ।
4
यहूदाका राजा सिदकियाह बेबिलोनीहरूबाट उम्कनेछैन, तर निश्चय नै बेबिलोनको राजाको हातमा सुम्पिइनेछ। अनि बेबिलोनको राजासँग आफ्नै आँखाले आमने-सामने हेरेर कुरा गर्नेछ।
5
बेबिलोनको राजाले सिदकियाहलाई बेबिलोनमा लैजानेछ, जहाँ सिदकियाहलाई मैले उसको मामिलामा विचार नगरेसम्म ऊ त्यहीँ हुनेछ, याहवेह घोषणा गर्नुहुन्छ। यदि तिमीहरूले बेबिलोनीहरूको विरुद्धमा लडाइँ गर्यौ भने तिमीहरू सफल हुनेछैनौ भनेर तँ किन यसो भन्छस्।’ ”
6
तब यर्मियाले भने, “याहवेहको वचन मकहाँ आयो:
7
तेरा काका शल्लूमको छोरा हनमेल यसो भन्दै तँकहाँ भेट्न आउन लागेको छ, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्; किनकि तपाईं नजिकको नातेदार हुनुभएको कारण जमिन किन्ने अधिकार र कर्तव्य तपाईंको हो।’
8
“तब याहवेहले भन्नुभएझैँ मेरो भाइ हनमेल पहरेदारको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्। किनकि यस जमिनलाई मूल्य चुकाएर छुटाउने र अधिकार गर्ने हक तपाईंकै छ। यसकारण जमिनलाई तपाईंले नै किन्नुहोस्।’ “यो याहवेहको वचन हो भनी म जान्दछु;
9
यसकारण मैले आफ्नो भाइ हनमेलबाट अनातोतमा भएको त्यो जमिन किनेँ, र सत्र शेकेल चाँदी जोखेर त्यसलाई दिएँ।
10
मैले त्यस जमिनको तमसुकमा सही गरेर छाप लगाएँ। मैले साक्षीहरू राखेँ, र तराजुमा त्यो चाँदी जोखिदिएँ।
11
मैले जमिन किनेको तमसुक, अर्थात् शर्तहरू सहितको सहीछाप लगाइएको तमसुकको साथमा छाप नलगाइएको प्रतिलिपी पनि लिएँ।
12
अनि आफ्नो भाइ हनमेलको उपस्थिति र त्यस तमसुकमा सही गर्ने साक्षीहरू र पहरेदार चोकमा बसिरहेका सबै यहूदीहरूको उपस्थितिमा त्यस तमसुकलाई महसेयाहको नाति, नेरियाहको छोरा बारूकलाई दिएँ।
13
“ती मानिसहरूकै उपस्थितिमा मैले बारूकलाई यी आदेशहरू दिएँ:
14
‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सहीछाप लगाइएको र नलगाइएको यी दुवै प्रतिलिपिहरू लिएर लामो समयसम्म सुरक्षित रहून् भनेर यिनीहरूलाई माटोको भाँडोमा राख्नू।
15
किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यस देशमा फेरि घरहरू, जमिनहरू र दाखबारीहरू किनबेच गरिनेछन्।’
16
“मैले नेरियाहको छोरा बारूकलाई किनबेचको तमसुक दिइसकेपछि मैले याहवेहसँग प्रार्थना गरेँ:
17
“हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
18
तपाईंले हजारौँ मानिसहरूमाथि प्रेम देखाउनुहुन्छ, तर बुबाआमाको अपराधहरूका दण्ड तिनीहरूपछि तिनीहरूका सन्तानहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका याहवेह हो;
19
तपाईंका उद्देश्यहरू महान् र तपाईंका कामहरू शक्तिशाली छन्। तपाईंका आँखा सबै मानव-जातिका चालहरूमाथि खुल्ला रहन्छन्; तपाईंले हरेक मानिसलाई तिनीहरूका चालहरू र तिनीहरूका कामअनुसारको इनाम दिनुहुन्छ।
20
तपाईंले इजिप्टमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नुभयो। आजको दिनसम्म इस्राएल र सबै मानव-जाति दुवैका बीचमा ती प्रकट गरिरहनुभएको छ। अनि तपाईंले ख्याति प्राप्त गर्नुभएको छ, जुन आजको दिनसम्म पनि तपाईंकै हो।
21
तपाईंले आफ्नो जाति इस्राएललाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा तपाईंको शक्तिशाली हात र बाहुबलको ठूलो त्राससहित इजिप्टबाट निकालेर ल्याउनुभयो।
22
तपाईंले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको यो देश, जुन दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो।
23
इस्राएलीहरू देशभित्र आए, र देशलाई अधिकार गरे; तर तिनीहरूले तपाईं र तपाईंका आज्ञाहरू पालन गरेनन्। तपाईंले तिनीहरूलाई पालन गर्नू भनेर दिनुभएको आज्ञा तिनीहरूले पालन गरेनन्। यसैकारण तपाईंले तिनीहरूमाथि यी सबै विपत्तिहरू ल्याउनुभयो।
24
“हेर्नुहोस्, यस सहरलाई कब्जा गर्नलाई बेबिलोनीहरूले घेरा हाल्न कसरी मोर्चा बनाएका छन्। किनकि तरवार, अनिकाल र रूढीको कारणले यो सहर बेबिलोनीहरूको हातमा सुम्पिइनेछ, जसले यस सहरमाथि आक्रमण गरिरहेका छन्। तपाईंले जे भन्नुभयो, त्यो पूरा भइरहेको छ, जस्तो अहिले तपाईंले देख्दैहुनुहुन्छ।
25
अनि यो सहर यरूशलेमलाई बेबिलोनीहरूको हातमा सुम्पिने भए तापनि हे प्रभु याहवेह, तपाईंले मलाई भन्नुहुन्छ, ‘यस जमिनलाई चाँदीले किन र किनबेच गरिएको साक्षी राख।’ ”
26
तब याहवेहको वचन यर्मियाकहाँ आयो:
27
“म याहवेह सबै मानव-जातिका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?
28
यसकारण याहवेह यसो भन्नुहुन्छ: म यस सहरलाई बेबिलोनीहरू र बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिन लागेको छु, जसले यस सहरलाई कब्जा गर्नेछ।
29
यस सहरलाई आक्रमण गरिरहेका बेबिलोनीहरू सहरभित्र आउनेछन्, र यस सहरलाई आगो लगाइदिनेछन्। बाल देवताका छानाहरूमा धूप बालेर अरू देवताहरूलाई अर्घबलि चढाएर मलाई रिस उठाउने मानिसहरू बसेका घरहरूको साथमा यस सहरलाई पनि जलाइदिनेछन्।
30
“इस्राएल र यहूदाका मानिसहरूले तिनीहरूका जवानी अवस्थादेखि नै दुष्ट कामहरूबाहेक अरू केही पनि गरेका छैनन्। साँच्चै इस्राएलका मानिसहरूले तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, याहवेह घोषणा गर्नुहुन्छ।
31
यो यरूशलेमको सहर बनिएको दिनदेखि आजको दिनसम्म यस सहरका मानिसहरूले मलाई रिस उठाएर क्रोधित तुल्याएका छन्। यसकारण मैले यस सहरलाई आफ्नो दृष्टिबाट हटाइदिनैपर्छ।
32
इस्राएल र यहूदाका मानिसहरू, तिनीहरू, तिनीहरूका राजाहरू र अधिकारीहरू, तिनीहरूका पुजारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूले सबै दुष्ट कामहरू गरेर मलाई क्रोधित तुल्याएका छन्।
33
तिनीहरूले मतिर तिनीहरूका अनुहार होइन, तर तिनीहरूका पीठ फर्काएका छन्; मैले तिनीहरूलाई घरी-घरी सिकाए तापनि तिनीहरूले सुनेनन् र अनुशासनलाई ग्रहण गरेनन्।
34
तिनीहरूले मेरो नाम बोकेको परमेश्वरको भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरे र भवनलाई अपवित्र पारे।
35
तिनीहरूले आफ्ना छोराछोरीहरूलाई मोलेख देवतालाई बलिदान चढाउनलाई बेन-हिन्नोमको खोल्सामा बालको निम्ति अग्ला ठाउँ वा देवस्थानहरू बनाए। तिनीहरूले यस्ता घिनलाग्दा पापहरू गर्न, न त मैले तिनीहरूलाई कहिल्यै आज्ञा गरेको थिएँ, न त यस्तो कुरा मेरो मनमा नै थियो।
36
“तिमीहरू यस सहरको विषयमा यसरी भन्दैछौ, ‘तरवार, अनिकाल र रूढीद्वारा यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ’; तर याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
37
निश्चय नै म तिनीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, जहाँ मैले आफ्नो रिस र प्रचण्ड क्रोधमा तिनीहरूलाई धपाइदिएको थिएँ। म तिनीहरूलाई यस भूमिमा फर्काएर ल्याउनेछु र तिनीहरूलाई सुरक्षित भएर बस्न दिनेछु।
38
तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
39
म तिनीहरूलाई एउटै हृदय र एउटै उद्देश्य दिनेछु, ताकि तिनीहरूले आफ्ना र तिनीहरूका सन्तानको भलाइका निम्ति सधैँ मेरो डर मान्नेछन्।
40
म तिनीहरूसँग अनन्तको करार बाँध्नेछु। म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ। अनि म तिनीहरूलाई मप्रति डर मान्ने बनाउनेछु। यसकारण तिनीहरू मबाट कहिल्यै तर्केर टाढा जानेछैनन्।
41
तिनीहरूको भलाइ गर्दा म आनन्दित हुनेछु; अनि मेरो सारा हृदयले र सारा प्राणले तिनीहरूलाई यस देशमा निश्चय नै स्थायी रूपमा स्थापित गर्नेछु।
42
“याहवेह यसो भन्नुहुन्छ: जसरी मैले यस जातिमाथि यी सबै विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूलाई प्रतिज्ञा गरेका सबै असल थोकहरू म तिनीहरूलाई दिनेछु।
43
जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’
44
चाँदीको लागि जमिनहरू किनिनेछन्, र बेन्यामीनको इलाकामा, यरूशलेमका वरिपरिका गाउँहरूमा, यहूदाका सहरहरूमा, पश्चिमी पहाडको फेद र दक्षिणतिरको पहाडी इलाकाका सहरहरूमा किनबेचको तमसुकहरूमा हस्ताक्षर गरिनेछन्। सहीछाप लाएर तमसुकहरू साक्षीका निम्ति राखिनेछन्; किनकि म तिनीहरूको सुख-शान्ति फेरि फर्काइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।”
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52