bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 9
Jeremiah 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 10 →
1
अहो, यदि मेरो शिर पानीको मूल र मेरा आँखाहरू आँसुका फोहरा भएको भए! मेरा मारिएका मानिसहरूका निम्ति म दिनरात रुनेथिएँ।
2
अहो, मरुभूमिमा यात्रीहरूका निम्ति मसँग एउटा बास बस्ने ठाउँ भएको भए, म मेरा मानिसहरूलाई त्यहाँ राखेर तिनीहरूबाट टाढा जानेथिएँ; किनकि तिनीहरू सबै व्यभिचारी र विश्वासघाती मानिसहरूको भीड हो।
3
“तिनीहरूले झूट बोल्नका लागि आफ्ना जिब्रा धनुजस्तै तयार गर्छन्; देशमा तिनीहरू सत्यताद्वारा विजयी भएका होइनन्। तर तिनीहरू एउटा पापपछि अर्को पाप गर्दै जान्छन्; तिनीहरूले मलाई जान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
4
“तिमीहरूका साथीहरूदेखि होसियार होओ; आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर। किनकि हरेक दाजुभाइहरू छली छन्; अनि हरेक साथी निन्दक छन्।
5
एउटा मित्रले अर्को मित्रलाई छल गर्छ; अनि कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्; तिनीहरू पाप गरेर आफैँलाई थकित तुल्याउँछन्।
6
तँ छलीहरूको बीचमा बस्छस्; तिनीहरूको छलमा तिनीहरूले मलाई आफ्ना परमेश्वरको रूपमा स्वीकार गर्न मान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
7
यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु; किनकि मेरा मानिसहरूका पापको निम्ति म अरू के गर्न सक्छु र?
8
तिनीहरूका जिब्रा घातक काँड हुन्; ती जिब्राले छलको कुरा बोल्दछन्। तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्, तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।”
9
याहवेह घोषणा गर्नुहुन्छ, “के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो राष्ट्रसँग, म बदला नलिऊँ?”
10
म पर्वतहरूका निम्ति रुनेछु र विलाप गर्नेछु; अनि मरुभूमिका खर्कहरूका निम्ति पनि विलाप गर्नेछु। ती खर्कहरू जलाएर भस्म पारिएका छन् र त्यहाँबाट कोही पनि हिँड्दैनन्; अनि त्यहाँ गाईबस्तुको आवाज पनि सुनिँदैन। आकाशका चराहरू सबै उडेर गइसकेका छन् र जनावरहरू पनि गइसकेका छन्।
11
“म यरूशलेमलाई भग्नावशेषको थुप्रो र स्यालको ओडार बनाउनेछु; अनि यहूदाका सहरहरूमा कोही नबसून् भनेर म यहूदालाई उजाड पारिदिनेछु।”
12
व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ?
13
याहवेहले भन्नुभयो, “मैले तिनीहरूका अगि राखिदिएको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका कारण यी सबै कुरा भएका हुन्; तिनीहरूले मेरो आज्ञापालन गरेनन्, न त मेरो व्यवस्था नै पालन गरे।
14
बरु तिनीहरू आफ्ना हृदयको हठीपनको पछि लागेका छन्; तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाएझैँ, तिनीहरू बाल-देवताहरूका पछि लागेका छन्।”
15
यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म यस जातिलाई तितो भोजन खान लगाउनेछु र विषालु पानी पिउन लगाउनेछु।
16
म तिनीहरूलाई, न तिनीहरूले, न त तिनीहरूका पितापुर्खाहरूले जानेका वा चिनेका जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु। म तिनीहरूलाई तिनीहरूको विनाश नहोउन्जेलसम्म खेद्नेछु।”
17
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “अब यी कुराहरू विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ; तिनीहरूमध्येका सबैभन्दा सिपालु स्त्रीहरूलाई ल्याओ।
18
तिनीहरू चाँडै आऊन्, र हाम्रा आँखाबाट आँसुका भलहरू र हाम्रा आँखाको परेलाबाट पानीको धारा नबगेसम्म हाम्रा निम्ति विलाप गरिदेऊन्।
19
सियोनबाट विलापको सोर सुनिँदैछ: हामी कसरी नष्ट भएका छौँ! हामी साह्रै लज्जित छौँ! हामीले आफ्नो देश छोड्नैपर्छ; किनकि हाम्रा घरहरू नष्ट भएका छन्।”
20
तर हे स्त्रीहरू, याहवेहको वचन सुन; उहाँको मुखको वचन सुन्न आफ्ना कानहरू खोल। आफ्ना छोरीहरूलाई बिलौना गर्न सिकाओ; एक-अर्कालाई विलापको गीत सिकाइदेओ।
21
मृत्यु हाम्रा झ्यालहरूबाट चढेर आएको छ, र हाम्रा किल्लाहरूमा पसेको छ; यसले केटाकेटीहरूलाई बाटो-बाटोबाट र जवानहरूलाई चोक-चोकबाट नष्ट गरेको छ।
22
तैँले भन्, “याहवेह यसरी घोषणा गर्नुहुन्छ: “ ‘मानिसहरूका लासहरू खुला मैदानमा मलझैँ छरिएका हुनेछन्; तिनीहरू कटनी गर्नेले छोडेको अन्नझैँ हुनेछन्। ती छोडिएको अन्नहरू कसैले बटुल्ने छैन।’ ”
23
याहवेह यसो भन्नुहुन्छ: “बुद्धिमान् मानिसले आफ्नो बुद्धिको घमण्ड नगरोस्, बलवान् मानिसले आफ्नो बलको घमण्ड नगरोस्, र धनी मानिसले आफ्नो धनको घमण्ड नगरोस्;
24
तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्: कि त्यससँग मलाई चिन्ने समझशक्ति छ; म याहवेह हुँ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्दछु; किनकि यिनै कुराहरूमा म प्रसन्न हुन्छु,” याहवेह घोषणा गर्नुहुन्छ।
25
याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु;
26
अर्थात् इजिप्ट, यहूदा, एदोम, अम्मोन, मोआब र टाढा मरुभूमिका सिमानाहरूमा बस्ने सबैलाई दण्ड दिनेछु। किनकि यी सबै जातिहरू साँचो रूपमा खतना भएका छैनन्; अनि इस्राएलको सम्पूर्ण घरानाको पनि हृदयमा खतना भएको छैन।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52