bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 1
Romans 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
1
म पावल येशू ख्रीष्टको दास हुँ। उहाँले मलाई आफ्नो चुनिएका प्रेरित हुन बोलाउनुभयो र परमेश्वरको सुसमाचार सुनाउने काममा छुट्याउनुभयो।
2
धेरै वर्षअघि परमेश्वरले सुसमाचार दिन्छु भन्ने प्रतिज्ञा गर्नुभयो। यही प्रतिज्ञा अगमवक्ताहरूले पवित्र धर्मशास्त्रमा लेखेका थिए।
3
त्यो सुसमाचारचाहिँ परमेश्वरका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको बारेमा हो। उहाँ मानिस भएर हाम्रा राजा दाऊदकै वंशमा जन्मिनुभयो।
4
पवित्र आत्माले देखाउनुभएअनुसार उहाँ परमेश्वरको शक्तिशाली पुत्र पनि हुनुहुन्छ। यो कुरा उहाँ मरेर पनि बिउँतिएकोले प्रकट गर्छ।
5
हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरले मलाई अनुग्रह देखाएर आफ्नो विशेष दूत बनाउनुभयो। सबै जातिका मानिसहरूले विश्वास गरेर उहाँले भनेका कुरा मानून् भनी म उहाँका नाउँमा खटाइएको हुँ।
6
तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ।
7
रोमवासीहरूमध्ये परमेश्वरले प्रेम गरेर उहाँको पवित्र जन हुन बोलाइएकाहरू हो, हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्।
8
तिमीहरूले ख्रीष्टमाथि गरेको विश्वासबारे सम्पूर्ण दुनियाँलाई थाहा छ। यसकारण पहिले म तिमीहरू सबैका लागि येशू ख्रीष्टद्वारा मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु।
9
उहाँकै पुत्रको सुसमाचार सुनाएर म हृदयदेखि नै उहाँको सेवा गर्दछु। मैले तिमीहरूलाई माया मारेको छैनँ तर सधैँ तिमीहरूका लागि प्रार्थना गरिरहेको छु। मैले भनेको कुरा साँचो हो भनेर परमेश्वर आफैंले गवाही दिनुहुन्छ।
10
परमेश्वरको इच्छाअनुसार अब तिमीहरूलाई भेट्न सकूँ भनेर म उहाँलाई बिन्ती चढाउँदै छु।
11
पवित्र आत्माले दिनुभएको आशिष् बाँडेर ख्रीष्टमा दरिलो बनाउन तिमीहरूलाई भेट्ने मेरो साह्रै इच्छा छ।
12
मेरो विश्वासले तिमीहरूलाई र तिमीहरूको विश्वासले मलाई आपसमा बल मिलोस् भन्ने मेरो इच्छा हो।
13
प्यारा दाजुभाइहरू, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु: धेरै पल्ट मैले तिमीहरूलाई भेट्ने विचार गरें तर कुनै न कुनै कारणले गर्दा सकिनँ। म अरू ठाउँका मानिसहरूबाट झैँ तिमीहरूबाट पनि परमेश्वरको असल भक्ति भएको देख्न चाहन्छु
14
किनभने मलाई सभ्य-असभ्य, पढेका-नपढेका सबैलाई सुसमाचार सुनाउन कर लागेको छ।
15
त्यसैकारण तिमी रोमवासीहरूलाई पनि यो सुसमाचार सुनाउन मलाई साह्रै इच्छा छ।
16
मलाई यो सुसमाचार सुनाउन लाज लाग्दैन कारण विश्वास गर्ने जति पहिले यहूदी अनि अन्यजातिका मानिसलाई यो सुसमाचार परमेश्वरको मुक्ति दिने शक्ति हो।
17
सुसमाचारले मानिसलाई परमेश्वरले आफ्नो सामु कसरी ठीक ठहराउनुहुन्छ भन्ने देखाउँछ अनि परमेश्वरसँग ठीक ठहरिने कुरा विश्वासबाटै सुरु हुन्छ र विश्वासबाटै पूरा पनि हुन्छ। यस्तै धर्मशास्त्रले पनि भन्छ, “जो विश्वासद्वारा परमेश्वरसँग ठीक ठहरिन्छ, त्यही मानिसले नै जीवन पाउँछ,।”
18
स्वर्गबाट परमेश्वरको रिस मानिसहरूका पाप र दुष्ट कामको विरोधमा देखापरेको छ। तिनीहरूले आफ्ना दुष्ट युक्तिले सत्यलाई छेक्तछन्।
19
परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुन्छ किनभने परमेश्वरको बारेमा मानिसले जान्नुपर्ने कुरा परमेश्वर आफैंले तिनीहरूलाई छर्लङ्ग हुने गरी देखाउनुभएको छ।
20
संसारको सुरुदेखि नै उहाँले बनाउनुभएको कुराबाट मानिसहरूले परमेश्वरलाई जान्न सक्तछन्। परमेश्वरको सधैँ रहने शक्ति र ईश्वरीय स्वभावजस्ता नदेखिने गुणहरू पनि तिनीहरूले राम्ररी बुझ्न सक्छन्। त्यसो हुँदा तिनीहरूलाई कुनै बहाना गर्ने ठाउँ नै छैन।
21
तिनीहरूले परमेश्वरलाई चिनेर पनि परमेश्वरलाई गर्नुपर्ने आदर गरेनन्, नता तिनीहरूले उहाँलाई धन्यवाद नै दिए, उल्टो तिनीहरू आफ्नै विचारमा काम नलाग्ने भए र तिनीहरूका खोक्रा हृदयचाहिँ अन्धकारले भरियो।
22
आफैंलाई बुद्धिमानी भनी ठानेर तिनीहरू मूर्ख भए।
23
तिनीहरूले परमेश्वरलाई आदर गर्नुपर्नेमा नाश हुने मानिस, पशु, चरा-चुरुङ्गी र घस्रिने जन्तुहरूका मूर्तिलाई पूजा गरे।
24
तिनीहरूका हृदयले खोजेको घिनलाग्दो अवस्थामा नै परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो अनि तिनीहरूले आपसमा लाजलाग्दा कामहरू गरे।
25
तिनीहरूले परमेश्वरको सत्यलाई झूटसँग साटे। सृष्टि गर्नुहुने र सधैँ आदर पाइरहनुपर्ने परमेश्वरलाई होइन तर उहाँले बनाउनुभएको चीजलाई तिनीहरूले पूजा र सेवा गरे।
26
यसैकारण परमेश्वरले तिनीहरूलाई उनीहरूकै घिनलाग्दो इच्छाअनुसारको काम गर्न छोडिदिनुभयो। तिनीहरूका आइमाईहरूले आफ्ना लोग्नेसँगको सहवास छोडेर आइमाईसँगै सहवास गरे।
27
तिनीहरूका लोग्नेहरूले पनि आफ्ना आइमाईहरूसँग सही काम गरेनन् तर एक-अर्काको निम्ति जलेर लोग्ने मानिसले लोग्ने मानिससँगै घिनलाग्दो काम गरे। तिनीहरूका आफ्ना शरीरले गरेका दुष्ट कामका लागि उचित दण्ड पाए।
28
तिनीहरूले परमेश्वरलाई दिनुपर्ने मान्यता दिन पनि छाडे। यसो हुँदा उहाँले तिनीहरूलाई खराबी गरून् भनेर तिनीहरूकै कुविचारमा छोडिदिनुभयो।
29
यसैकारण तिनीहरू सबै किसिमका खराबी र दुष्टताले भरिएका छन्। तिनीहरूले लोभ र घृणा गर्छन्, अरूको डाहा गर्छन् र अरूलाई मार्छन्। तिनीहरू झगडा गर्छन्, छक्याउँछन् अनि झूटो बोल्छन्, एक-अर्काको चुक्ली लाउँछन्,
30
अर्काको निन्दा गर्छन्। तिनीहरूले परमेश्वरलाई पनि घृणा गर्छन्, कसैलाई पनि इज्जत गर्दैनन् तर आफैं घमण्डले फुल्छन्, ठूलाठूला कुरा गर्छन्। अनि खराब कुराहरू खोजीखोजी निकाल्छन्। तिनीहरूले आमा-बुबाको कुरा मान्दैनन्।
31
तिनीहरू मूर्ख छन् अनि गर्छु भनेका कुरा गर्दैनन्। तिनीहरू माया नभएका निर्दयी हुन्।
32
यस्ता मानिसहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दाजान्दै पनि तिनीहरूले त्यस्तै काम गर्छन्। त्यति मात्र होइन, अझ उल्टो यस्ता काम गर्नेहरूलाई सुर्याउँछन्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16