bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 16
Romans 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
1
अब म हाम्री बहिनी फिबीसँग तिमीहरूको चिनापर्ची गराइदिन्छु, जसले किंक्रियाको मण्डलीमा सेविकाको काम गर्छिन्।
2
उनले धेरैलाई सहायता गरिन् र मलाई पनि ठूलो सहायता गरेकी छिन्। यसकारण तिमीहरूले पनि ख्रीष्टका पवित्र जनले झैँ प्रभुको नाउँमा उहाँलाई स्वागत गर र खाँचोमा उहाँको सक्दो सहायता पनि गर।
3
येशू ख्रीष्टको काम गर्दा मसँगै काम गर्नुहुने प्रिस्का र अकिलासलाई मेरो अभिवादन छ।
4
मलाई बचाउन उहाँहरूले झण्डै मर्नुपनि परेको थियो। म उहाँहरूको ठूलो गुण सम्झन्छु, म मात्र होइनँ तर सबै अन्यजातिका मण्डलीहरूले पनि गुण मान्दछन्।
5
उहाँहरूको घरमा भेला हुने मण्डलीलाई पनि मेरो अभिवादन छ। मेरा प्यारा मित्र एशियाका पहिला ख्रीष्टमा विश्वास गर्ने इपेनितसलाई अभिवादन छ।
6
तिमीहरूका लागि मरिमेटेर काम गर्ने मरियमलाई अभिवादन छ।
7
मसँगै कैद हुने यहूदी साथी र एन्ड्रोनिकस र युनियसलाई अभिवादन छ। उहाँहरूको नाउँ प्रेरितहरूका माझमा चलेको थियो अनि मैले विश्वास गर्नुभन्दा पहिले नै उहाँहरूले ख्रीष्टलाई विश्वास गर्नुभएको थियो।
8
एम्प्लीआतसलाई मेरो अभिवादन छ। प्रभुमा विश्वास गर्नुभएकोले म उहाँलाई माया गर्छु।
9
ख्रीष्टको निम्ति मसँगै काम गर्नुहुने उर्बानसलाई पनि मेरो अभिवादन छ। प्यारा स्ताखुसलाई पनि मेरो अभिवादन छ।
10
ख्रीष्टमा भएको मुक्तिलाई प्रमाण गर्ने अपेल्लेसलाई अभिवादन छ। अरिस्तोबुलसका परिवारमा हुने सबैलाई अभिवादन।
11
मेरा यहूदी भाइ हेरोदियनलाई अभिवादन। प्रभुमा विश्वास गर्ने नर्किससको घरका सबैलाई अभिवादन।
12
प्रभुको धेरै काम गर्ने त्रुफेना बहिनी र त्रोफोसालाई अभिवादन। प्रभुको लागि धेरै काम गर्नुहुने प्यारी बहिनी परसीसलाई अभिवादन।
13
प्रभुले छान्नुभएको रूफसलाई अभिवादन। मेरी आमासमान रूफसकी आमालाई अभिवादन।
14
असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उहाँहरूसँग हुने अरू दाजुभाइहरूलाई पनि मेरो अभिवादन छ।
15
फिलोलोगस र युलिया, नेरियस र उहाँकी बहिनी र ओलिम्पास र उहाँसँग भएका सबै ख्रीष्टका पवित्र जनहरूलाई मेरो अभिवादन छ।
16
ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई प्रेमसँग अभिवादन सुनाइदेओ।
17
दाजुभाइहरू हो, म तिमीहरूलाई बिन्ती गर्दछु, फाटो ल्याउने र मानिसको विश्वासलाई बिथोल्नेहरूदेखि होशियार होऊ। तिनीहरू तिमीहरूले पाएको शिक्षाको विरोध गर्छन्। त्यस्ता मानिसहरूको त संगत पनि नगर
18
किनभने यसो गर्ने मानिसहरूले ख्रीष्टको होइन तर आफ्नै पेटको पूजा गर्छन्। मीठामीठा शब्दहरू र चिप्ला कुराहरूले सीधा मानिसहरूलाई ठग्छन्।
19
तिमीहरूले गरेको आज्ञापालनको कुरा सबैले सुनेका छन्, यस कुरामा मलाई खुसी लागेको छ। तिमीहरू खराब काम गर्न नजान्ने तर असल काम गर्न सिपालु भएको म चाहन्छु।
20
शान्ति दिने परमेश्वरले चाँडै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्।
21
मसँग काम गर्ने तिमोथीले तिमीहरूलाई अभिवादन पठाएका छन्। त्यसै गरी मेरो यहूदी भाइहरू लुकियस, यासोन र सोसिपात्रोसको पनि तिमीहरूलाई अभिवादन छ।
22
यो पत्र लेख्ने म तर्तियसको पनि प्रभुमा तिमीहरूलाई अभिवादन छ।
23
घरधनी गायसको समेत तिमीहरूलाई अभिवादन छ। गायसको घरमा भेला हुने मण्डलीको तर्फबाट पनि अभिवादन छ। यस सहरका कोषाध्यक्ष इरास्तस र क्वार्टस भाइले पनि तिमीहरूलाई अभिवादन भनेका छन्।
24
हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसित रहोस्। आमेन।
25
हामी सबैले परमेश्वरलाई आदर र मान गरौं। उहाँ तिमीहरूलाई विश्वासमा स्थिर बनाउन शक्तिशाली हुनुहुन्छ। मैले प्रचार गरेको सुसमाचार र येशू ख्रीष्टको बारे गरेको प्रचारले पनि यो बताउँछ। युग-युगदेखि गुप्तमा रहेको ख्रीष्टको सुसमाचार अब छर्लङ्ग भएको छ।
26
ख्रीष्टको बारेमा नबुझिने कुराहरू अब अगमवक्ताहरूले लेखेका किताबहरूमा सफासँग बुझ्न सकिने भएको छ। अब अनन्त परमेश्वरको धार्मिक आज्ञाअनुसार यही लुकेको सुसमाचार चारै दिशामा प्रचार गरिंदै छ। यसो गर्नाले सबैले विश्वास गरेर एकमात्र परमेश्वरलाई मान्न पाउनेछन्।
27
एकमात्र सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होइरहोस्। आमेन।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16