bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 8
Romans 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 9 →
1
परमेश्वरले ख्रीष्टमा भरोसा राख्नेहरूलाई दोषी ठहराउनुहुन्न।
2
व्यवस्थाले मेरो पाप चिनाएर मलाई मृत्युदण्डको दोषी ठहराए तापनि ख्रीष्ट येशूमा भएको नयाँ जीवन दिने आत्माको शक्तिले यसबाट मलाई छुटकारा दिएको छ।
3
मानिसको कमजोर शारीरिक स्वभावले गर्दा व्यवस्था पालन गरेर हुन नसक्ने कुरा परमेश्वर आफैंले गर्नुभयो। परमेश्वरले आफ्नै पुत्रलाई पठाउनुभयो। पुत्रचाहिँ पापी मानिसको जस्तै शारीरिक स्वभाव लिएर जन्म लिनुभयो अनि मानिसको पापको निम्ति उहाँलाई दण्ड दिइयो र उहाँको शरीरद्वारा पापको शक्ति नष्ट गर्नुभयो।
4
यसरी शारीरिक स्वभावअनुसार होइन तर पवित्र आत्माअनुसार चल्नेहरूका लागि व्यवस्थाले चाहेको कुरा पूरा भएको छ।
5
आफ्नो शारीरिक स्वभावको अधीनमा चल्नेहरूले शारीरिक स्वभावका इच्छामा मन लगाउँछन् तर पवित्र आत्माअनुसार चल्नेहरूले भने पवित्र आत्माकै इच्छामा मन लगाउँछन्।
6
शारीरिक स्वभावको इच्छाले मानिसलाई मृत्युमा लैजान्छ। तर पवित्र आत्माको इच्छाले उसलाई नयाँ जीवन र शान्तिमा पुर्याउँछ।
7
शारीरिक स्वभावको अधीनमा चल्ने मानिस परमेश्वरको विरोधी हुन्छ किनभने उसले व्यवस्था पालन गरेको हुँदैन र पालन गर्न पनि सक्दैन।
8
शारीरिक स्वभावको अधीनमा रहनेले परमेश्वरलाई खुसी पार्न सक्दैन।
9
परमेश्वरका आत्मा तिमीहरूसँगै बास गर्नुहुन्छ भने तिमीहरू आफ्नै शारीरिक स्वभावको अधीनमा रहँदैनौ तर पवित्र आत्माकै अधीनमा रहन्छौ। कसैसँग ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टको हुनै सक्दैन।
10
ख्रीष्ट तिमीमा हुनुहुन्छ भने तिम्रो शरीर पापले गर्दा मर्छ तर परमेश्वरको सामु ठीक ठहरिएकोले तिम्रो आत्माचाहिँ जिउँछ।
11
परमेश्वरले ख्रीष्टलाई मरेकोबाट पनि शरीरसँगै फेरि जिउँदो गराउनुभयो। परमेश्वरका आत्मा तिमीहरूभित्र रहनुहुन्छ भने त्यसै गरी तिमीहरूको मर्ने शरीरलाई पनि उहाँले जिउँदो गराउनुहुनेछ।
12
यसैकारण दाजुभाइहरू, हाम्रो शारीरिक स्वभावले इच्छा गरेझैँ गर्न हामीलाई कर लाग्दैन
13
किनभने तिमीहरूले आफ्नो शारीरिक स्वभावले इच्छा गरेझैँ गर्दछौ भने तिमीहरू मर्नुपर्नेछ। तर यदि पवित्र आत्माको शक्तिले शारीरिक चालचलनलाई नाश गर्छौ भने तिमीहरू बाँच्नेछौ।
14
परमेश्वरको आत्माले देखाएको बाटोमा चल्नेहरू परमेश्वरकै छोरा-छोरी हुन्
15
किनभने हामीलाई कमारो बनाएर फेरि डरमा राख्ने आत्मा होइन तर हामीलाई परमेश्वरका धर्मपुत्र बनाउने पवित्र आत्मा पाएर हामी परमेश्वरलाई बुबा भनेर बोलाउँछौं।
16
पवित्र आत्माले हामीहरू परमेश्वरका छोरा-छोरी हौं भनी हाम्रो आत्मालाई गवाही दिनुहुन्छ।
17
हामी उहाँका छोरा-छोरी हौं भने हकवाला पनि हौं, परमेश्वरको हकवाला अनि ख्रीष्टसँग साझे हकवाला। हामी ख्रीष्टसँग दु:खकष्टमा साझे भयौं भने उहाँसँगै उहाँकै सुख-सम्मान्मा पनि साझेदार हुनेछौं।
18
यस जीवनमा हामीले भोगेका दु:खहरूलाई हामीमा पछि देखा पर्ने सुख सम्मान्सँग तुलना गर्न सकिन्न।
19
परमेश्वरले आफ्ना छोरा-छोरी देखाउनुहुने दिन सारा सृष्टिले ठूलो चाख मानेर पर्खिरहेको छ।
20
किनभने सृष्टि नै काम नलाग्ने भएको थियो तर यसो भएको सृष्टिको आफ्नै इच्छाले थिएन। सृष्टिले आशा गरिरहोस् भनी परमेश्वरले नै यसो गर्नुभएको थियो।
21
सृष्टि आफैंले पनि नाशको कैदबाट एक दिन छुटकारा पाएर परमेश्वरका छोरा-छोरीको महान् छुटकारामा सहभागी हुनेछ।
22
अहिलेसम्म सुत्केरीलाई व्यथा लागेको झैँ पूरा सृष्टि दु:खले कनिरहेको छ।
23
तर सृष्टि मात्र होइन, पवित्र आत्माले पछि ल्याउने सुख-सम्मान्को स्वाद पाउने हामी पनि परमेश्वरको बाटो हेरेर भित्र-भित्रै कष्टले कनिरहेका छौं किनभने उहाँले हामीलाई आफ्ना छोरा-छोरी बनाएर हाम्रो शरीरलाई नाश हुन नदिई बचाउनुहुन्छ र यसैलाई स्वर्गीय शरीर बनाउनुहुन्छ
24
किनभने ठूलो आशाको लागि परमेश्वरले हामीलाई बचाउनुभयो अनि हामी त्यही आशामा बाँचिरहेका छौं। आशा भनेको हामीले कुनै चीजको लागि पर्खिरहनु हो। मानिसले पहिले नै पाइसकेको कुराको आशा राख्तैन।
25
तर यदि हामीले नदेखेको कुराको आशा राख्छौं भने हामीले यसको लागि पर्खन्छौं।
26
पवित्र आत्माले हामीलाई कमजोरी अवस्थामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्मा आफैंले शब्दले भ्याउनै नसक्ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्छ।
27
मानिसको हृदय देख्नुहुने परमेश्वरले पवित्र आत्माको विचार के छ, जान्नुहुन्छ किनभने पवित्र आत्माले विश्वासीहरूको लागि परमेश्वरको इच्छाअनुसार उहाँसँग बिन्ती गरिदिनुहुन्छ।
28
परमेश्वरलाई प्रेम गर्ने अनि उहाँले आफ्नो इच्छा पूरा गर्न छान्नुभएका प्रत्येक मानिसको निम्ति हरेक घटनाले उसको भलाइ नै गर्छ।
29
ख्रीष्ट धेरै भाइहरूमध्ये जेठो होऊन् भनेर जसजसलाई परमेश्वरले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान हुन छान्नुभयो।
30
उहाँले पहिले नै छान्नुभएकाहरूलाई बोलाउनु पनि भयो अनि बोलाउनुभएकाहरूलाई आफ्नो सामु ठीक ठहराउनु पनि भयो र ठीक ठहराउनुभएकाहरूलाई सम्मान् पनि दिनुभयो।
31
यी कुरा विचार गर्दा हामी के भन्न सक्छौं? परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरोधमा को टिक्ने?
32
उहाँले आफ्नो पुत्रसम्मलाई पनि जोगाइराख्नुभएन तर हाम्रा लागि दिनुभयो। हाम्रा लागि आफ्ना पुत्रसम्म दिनुहुनेले झन् उहाँसँगै अरू सबै कुरा हामीलाई दिनुहुन्न र?
33
परमेश्वरले छान्नुभएका मानिसलाई कसले दोष लगाउन सक्छ? परमेश्वर आफैंले तिनीहरूलाई निर्दोष ठहराउनुभएको छ।
34
त्यसो हुँदा तिनीहरूलाई दण्डको भागी बनाउने कोही पनि हुनेछैन किनभने ख्रीष्ट नै तिनीहरूको साटोमा दण्ड भोगेर मर्नुभएको छ। उहाँ मर्नु मात्रै भएन, योभन्दा ठूलो कुरा मरेर फेरि जिवित परिनुभयो। अहिले उहाँले परमेश्वरको साथमा रहेर राज्य गरिरहनुभएको छ। अनि उहाँले हाम्रो लागि परमेश्वरसित बिन्ती पनि गर्नुहुन्छ।
35
अब के कुनै कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन। हामीलाई दु:ख हुन सक्छ, कठिनाइ र खेदो आउन सक्छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्छ, हामी त्यस्तै कुनै ठूलो आपत्मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कहिल्यै पनि सक्दैन।
36
हामीलाई दु:ख हुन्छ भनेर त धर्मशास्त्रमा पनि बताइएको छ, “तपाईंको लागि त हामी दिनदिनै मारिन्छौं। हामी काट्न तयार पारिएका भेडाझैँ छौं,।”
37
यी सबै कुरा भए पनि हामीलाई प्रेम गर्नुहुने ख्रीष्टद्वारा नै हामीले यी सबै कुरामाथि ठूलो जित पाएका छौं
38
किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। नता मृत्युले, नता जीवनले न स्वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको,
39
नता पछिको न माथिको न तलको, सृष्टिका कुनै शक्तिले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन किनभने परमेश्वरले ख्रीष्टद्वारा हामीलाई प्रेम गर्नुभएको छ।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16