bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 12
Romans 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
1
मेरा प्यारा दाजुभाइहरू, परमेश्वरको धेरै दया तिमीहरूमाथि भएको छ। त्यसैले आफ्नै शरीर पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदान बनाएर परमेश्वरको सेवा गर्न उहाँको सामु चढाओ भनेर म तिमीहरूलाई बिन्ती गर्दछु। तिमीहरूको आत्माले गर्नुपर्ने साँचो आराधना पनि यही नै हो।
2
तिमीहरूले संसारका मानिसहरूका देखासिकी गरेर उनीहरूजस्तै हुने इच्छा नराख, अब आफ्नो मनमा नयाँ भई परिवर्तन होओ। त्यसो भए मात्र तिमीहरूले परमेश्वरको इच्छा के रहेछ, पत्ता लाउन सक्छौ अनि कुन कुरो असल छ, कुन कुरोले परमेश्वरलाई खुसी तुल्याउँछ अनि कुनचाहिँ कुरा पक्का हो, त्यो तिमीहरूलाई छर्लङ्ग थाहा हुन्छ।
3
परमेश्वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्दै छु, आफूलाई ठूलो नठान तर परमेश्वरले दिनुभएको विश्वासको मात्राअनुसार आफू जस्ता छौ, त्यस्तै ठान।
4
हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्लाबेग्लै काम छन्।
5
त्यसै गरी हामी धेरै भए पनि ख्रीष्टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं।
6
यसकारण परमेश्वरले आफ्नो अनुग्रहले हामीलाई दिनुभएका बेग्लाबेग्लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्वरको तर्फबाट बोल्न सक्नेले आफ्नो विश्वासअनुसार उहाँकै तर्फबाट बोलौं।
7
सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्वरका शिक्षा दिन सक्नेले आफ्नो विश्वासको मात्राअनुसार शिक्षा देओस्।
8
ठीक बाटोमा हिंड्न सल्लाह दिन सक्नेले सल्लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्ला मनले देओस्। काम मिलाउनेले सक्दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्।
9
तिमीहरूको प्रेम देखावटी होइन तर साँचो होस्। खराब कुरा त्यागेर असल कुरामा लागिरहो।
10
भातृप्रेमले एकले अर्कोलाई पनि प्रेम गर। अरूलाई आदर गर्न नचुक।
11
गरिहाल्नुपर्ने काममा अल्छी नगर। आत्मामा जोशिलो भएर दिलोज्यानले प्रभुको काम गर।
12
तिमीहरूले पाएको आशामा खुसी रहो। कष्टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो।
13
प्रभु ख्रीष्टका पवित्र जनहरूलाई खाँचो पर्दा सहायता देओ, घरमा आएका पाहुनाहरूको सेवासत्कार गर
14
र सताउनेहरूलाई श्राप होइन आशीर्वाद देओ।
15
त्यस्तै रमाउनेहरूसँग रमाओ। रुनेहरूसँग रोओ,
16
सबैसँग मिलनसार होओ। कसैसँग शेखी नगर, तर सबैसँग नम्र भएर झुक अनि आफूलाई धेरै जान्ने पनि नठान।
17
कसैले तिमीलाई नराम्रो गर्यो भन्दैमा उसलाई नराम्रो नगर। सबै मानिसले असल ठहराएका कुराहरूमा मात्र ध्यान दिनू।
18
सकेसम्म सबैसित मेलमिलाप राख।
19
प्यारा दाजुभाइहरू, कहिल्यै पनि कसैसँग बदला नलिनू। तर रिस देखाउने काम परमेश्वरलाई नै गर्न दिनू किनभने धर्मशास्त्रमा लेखिएको छ, “न्याय गर्ने काम मेरो हो। म नै बदला लिनेछु।”
20
अर्को ठाउँमा धर्मशास्त्रले भन्छ, “तिम्रो शत्रु भोकाएको छ भने खान देओ, तिर्खाएको छ भने पानी देओ किनभने यसो गर्नाले तिम्रो शत्रुको टाउकोमा आगोको भुँग्रो थुपार्नेछौ।”
21
खराबीले तिमीलाई जित्न नपाओस् तर खराबीलाई भलाइले जित।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16