bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 10
Romans 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
1
दाजुभाइहरू, म हृदयदेखि नै इस्राएलीहरूलाई परमेश्वरले बचाएको हेर्न चाहन्छु। त्यसैले म तिनीहरू बाँचून् भनेर परमेश्वरसित बिन्ती गर्दछु।
2
तिनीहरू परमेश्वरलाई गहिरोसँग मान्न चाहन्छन्, म यसको साक्षी छु। तर कसरी मान्ने हो, तिनीहरूलाई थाहा छैन
3
किनभने परमेश्वरले मानिसलाई आफ्नो सामु ठीक ठहराउनुहुने तरिकाको वास्ता तिनीहरूले गरेनन्। तर तिनीहरू आफ्नै तरिकाले परमेश्वरको सामु ठीक ठहरिन खोज्छन्। यसो हुँदा परमेश्वरको ठीक ठहराउने तरिकाअनुसार तिनीहरूले आफैंलाई उहाँमा सुम्पिएनन्
4
किनभने विश्वास गर्नेहरू ठीक ठहरिऊन् भनेर ख्रीष्ट व्यवस्थाको टुङ्गो हुनुभयो।
5
“व्यवस्था पूरा पालन गर्ने मानिस जिउनेछ,” भनेर मोशाले व्यवस्थाले ठीक हुने बारेमा लेख्छन्।
6
विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिनेबारेमा धर्मशास्त्रले यसो भन्छ, “तिमीले मनमनै यसो नभन, को स्वर्ग जान्छ?” (अर्थात् ख्रीष्टलाई तल ल्याउन)
7
“वा आफ्नो मनमा यसो पनि नभन, पातालमा को ओर्लने?” (अर्थात् ख्रीष्टलाई मरेकोबाट माथि ल्याउन)।
8
तर यसले के भन्छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो।
9
तिमीहरू आफ्नो मुखले येशू नै प्रभु हुनुहुन्छ भनेर अरूलाई भन्छौ भने अनि परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्वास गर्छौ भने तिमीहरू बाँच्नेछौ
10
किनभने हामी हृदयले विश्वास गरेर नै परमेश्वरको सामु ठीक ठहरिन्छौं अनि विश्वास गरेका कुरा आफ्नै मुखले अरूलाई सुनाएर बचाइन्छौं
11
किनभने धर्मशास्त्रले भन्छ, “उहाँमा विश्वास गर्नेले कहिल्यै पनि निराश हुनुपर्नेछैन,।”
12
यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्वर सबैका परमेश्वर हुनुहुन्छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्ले धनी तुल्याउनुहुन्छ।
13
धर्मशास्त्रले भन्छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।”
14
तर उहाँमा विश्वास नगरी कसरी उहाँलाई पुकार्ने? उहाँको बारेमा नसुनीकन कसरी उहाँमा विश्वास गर्ने? उहाँको बारेमा कसैले नसुनाई कसरी उहाँको बारेमा सुन्ने?
15
सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्त्रले भन्छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्दको कुरो हो।”
16
तर सुन्नेहरू धेरैले चाहिँ सुसमाचारको वास्तै गरेनन्। अगमवक्ता यशैया भन्छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्वास गर्यो र?”
17
यो हामीलाई थाहा छ, विश्वासचाहिँ सुनेर आउँछ र सुन्ने कामचाहिँ ख्रीष्टको प्रचारबाट हुन्छ।
18
त्यसो भए के तिनीहरूले सुन्न पाएनन्? होइन, सुने। “तिनीहरूको आवाज पृथ्वीभरि फैलियो र तिनीहरूले भनेका कुरा संसारका कुनाकुनासम्म पुगे।”
19
त्यसो भए के इस्राएलीहरूले यो सुसमाचार बुझेनन् र? बुझ्न त बुझे, तर टेरेनन्। परमेश्वरले अघि मोशाद्वारा तिनीहरूलाई भन्नुभएको थियो, “जो एक जाति नै होइन, तिनीहरूलाई छानेर म तिमीहरूलाई तिनीहरूप्रति इख गर्ने तुल्याउँछु। अबुझ जातिहरूलाई मुक्ति देखाएर म तिमीहरूको रिस उठाउँछु,।”
20
परमेश्वरले भन्नुभएको कुरा अगमवक्ता यशैया अझ सुरिएर लेख्दछन्, “मलाई खोज्दै-नखोज्नेहरूले मलाई भेटे र दर्शन माग्दै नमाग्नेहरूकहाँ म देखा परें,।”
21
इस्राएलका बारेमा उहाँले भन्नुभयो, “मेरा कुरा नमान्ने र मेरै विरोधमा उठ्ने मानिसहरूलाई डाक्न मैले दिनभरि आफ्नो हात पसारें,।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16