bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 11
Romans 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 12 →
1
त्यसो भए के परमेश्वरले इस्राएलीहरूलाई त्याग्नुभयो? होइन, म आफैं पनि त अब्राहामको वंशमा जन्मिएको बेन्यामीन घरानाको इस्राएली हुँ।
2
परमेश्वरले सुरुमै चिन्नुभएका यी मानिसहरूलाई त्याग्नुभएको छैन। धर्मशास्त्रले अगमवक्ता एलियाको बारेमा बताएको कुरा त तिमीहरूलाई थाहै छ। एलियाले इस्राएलीहरूको विरोधमा यसरी परमेश्वरलाई भनेका थिए,
3
“प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे अनि तपाईंका बलि-वेदीहरू भत्काइदिए, बाँचेकोचाहिँ म नै हुँ र मलाई पनि तिनीहरू मार्न खोज्दै छन्।”
4
परमेश्वरले उनलाई भन्नुभयो, “मैले मेरो लागि सात हजार मानिस जोगाइराखेको छु, तिनीहरूले बाल देवतालाई ढोग्न घुँडा टेकेका छैनन्।”
5
यसरी नै अहिले पनि परमेश्वरको अनुग्रहले छानिएका केही इस्राएलीहरू अझै छन्।
6
यो अनुग्रहले भएको हो, धर्म-कर्मले होइन, नत्रता अनुग्रह-अनुग्रह नै हुँदैन।
7
त्यसो भए यसको अर्थ के भयो त? सबै इस्राएलीहरूले आफूले खोजेको कुरो पाएनन्। तर त्यही कुरो परमेश्वरले छान्नुभएका थोरै इस्राएलीहरूले मात्र पाए। अरू बाँकी इस्राएलीहरूचाहिँ कठोर भएर बसिरहे।
8
धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरले तिनीहरूलाई निद्राजस्तै थाहा नपाउने आत्मा दिनुभयो। अनि देख्तै नदेख्ने आँखा र सुन्दै नसुन्ने कान दिनुभयो र तिनीहरू अहिलेसम्म त्यस्तै दशामा छन्।”
9
यसै गरी राजा दाऊद पनि भन्दछन्, “तिनीहरूको भोज-भतेर, पासो र धराप बनोस्।
10
तिनीहरूका आँखाले देख्न नसक्ने गरी अन्धकारले छोपोस् र तिनीहरूको ढाड नसोझिने गरी सधैँभरि कुप्रिरहोस्।”
11
यसैकारण म भन्छु, तिनीहरू नाश हुने गरी ठेस खाएर लडेकै हुन् त? अहँ होइन। उनीहरू यसरी अविश्वासले लड्दा अन्यजातिका मानिसहरूले उनीहरूले पाउनुपर्ने मुक्ति पाए र इस्राएलीहरूले यो देखेर इख गरून् भन्ने परमेश्वरको इच्छा थियो।
12
इस्राएलीहरूले अविश्वास गर्दा त अन्यजाति लगायत पूरै संसार मुक्तिको धनी भयो भने तिनीहरू सबैले विश्वास गरे भने झन् कस्तो होला?
13
तिमी अन्यजातिहरूको लागि विशेषगरी खटाइएको ख्रीष्टको प्रेरित हुँ र म यी कुराहरू तिमीलाई सुनाउँदछु। इस्राएलीहरूको अगाडि म यस कामको बढाइँ गर्छु।
14
हुन सक्छ, यस कामले मेरा आफ्नै जातिका मानिसहरू पनि तिमीहरूसँग इख गरेर कोही-कोहीचाहिँ परमेश्वरतर्फ फर्कि पो हाल्छन् कि?
15
किनभने तिनीहरू त्यागिंदा त दुनियाँ परमेश्वरको मित्र बनियो भने तिनीहरूलाई आफ्नै बनाउँदा झन् के हुन्छ? तिनीहरूले मरेर पनि जीवन नै पाउनेछन्।
16
यदि रोटी हाल्न मुछेको पिठोबाट केही भाग परमेश्वरलाई चढाइयो भने त्यसको भागबाट हालेको रोटी जम्मै चढाएको जत्तिकै हुन्छ। त्यस्तै रूखको जरा पवित्र छ भने सबै हाँगा पनि पवित्र हुन्छ।
17
त्यस्तै कति हाँगा भाँचिएर गएझैँ कति यहूदी पनि परमेश्वरलाई छोडेर गए। तर तिमी अन्यजातिचाहिँ जङ्गली जैतुनको कलमी रोपिएको जैतुनको हाँगासँग बाँधिएझैँ भएर जोरिएका छौ। तर पनि अब तिमीहरूले एउटै फेदबाट शक्ति र जीवनको रस पाउँछौ।
18
त्यसकारण तिमीले ती भाँचिएर गएका हाँगाजस्ता इस्राएलीहरूलाई घृणा गर्नुहुँदैन अनि तिनीहरूभन्दा आफैंलाई असल नसम्झ किनभने तिमीहरू हाँगा मात्र होइनौ, तिमीहरूले जरालाई थामेका छैनौ; तर जराले तिमीहरूलाई थामेको छ।
19
तर तिमी भन्छौ होला, “म कलमी बाँधिन ती हाँगा भाँचिएका थिए।”
20
यो साँचो हो तिनीहरूले विश्वास गरेनन् र तिनीहरू भाँचिएर गए, तर त्यसको ठाउँमा तिमीहरूले विश्वास गर्यौ र कलमी बाँधिएका छौ। यस बारेमा घमण्डले नफुल तर होशियार होओ।
21
परमेश्वरले साँचो हाँगाहरूलाई त बाँकी राख्नुभएन भने तिमीहरूलाई पनि छोड्नुहुनेछैन नै।
22
परमेश्वर कति दयालु र कति कठोर पनि हुनुहुन्छ, विचार गरिहेर। उहाँ विश्वास नगर्नेहरूका लागि कठोर हुनुहुन्छ। तर तिमीहरू उहाँको अनुग्रहमा शरण लिएर बसिरह्यौ भने उहाँ दयालु हुनुहुनेछ। नत्र तिमीहरू काटिएका हाँगाझैँ फालिनेछौ।
23
यदि इस्राएलीहरूले अविश्वास छोडेर विश्वास गर्न थाल्छन् भने पहिले भएकै ठाउँमा हाँगाझैँ फेरि जोरिनेछन् किनभने परमेश्वरले फेरि तिनीहरूलाई जोर्न सक्नुहुन्छ।
24
अरू जातिका मानिस तिमीहरूचाहिँ जङ्गली जैतुनको रूखबाट काटिल्याएका हाँगाजस्तै छौ। त्यसो हुँदा स्वभावअनुसार नमिल्ने भए पनि बारीमा लगाएको जैतुनको हाँगामा गाँसिएका छौ। इस्राएलीहरूचाहिँ बारीमा भएको जैतुनको हाँगाजस्तै हुन्। यसो हुँदा तिनीहरूलाई फेरि ल्याएर जोर्नु परमेश्वरको लागि झन् सजिलो हुन्छ।
25
दाजुभाइहरू हो, एउटा रहस्य तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु। त्यो तिमीहरूलाई थाहा भयो भने तिमीहरूले आफ्नै लागि घमण्ड गर्नेछैनौ। यो रहस्य यस्तो छ, आउनुपर्ने जति अन्यजातिहरू ख्रीष्टमा नआउञ्जेल मात्र इस्राएलीहरूको हृदय कठोर हुनेछ।
26
त्यसपछि सम्पूर्ण इस्राएली जाति बचाइनेछन्। धर्मशास्त्रमा लेखिएको छ, “सियोनदेखि मुक्तिदाता आउनुहुनेछ, याकूबको वंशलाई नराम्रो कामबाट फर्काउनुहुनेछ।”
27
अनि प्रभु भन्नुहुन्छ, “तिनीहरूको पाप मेटेर मैले तिनीहरूसँग बाँधेको करार पूरा गर्नेछु।”
28
सुसमाचारमा विश्वास नगरेकोले नै कोही इस्राएलीहरू परमेश्वरका शत्रु भएका हुन्। त्यसले गर्दा तिमीहरूलाई चाहिँ फाइदा भएको हो अनि परमेश्वर आफैंले छान्नुभएको हुनाले र पुर्खाहरूको कारणले गर्दा परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ
29
किनभने परमेश्वरले आफूले दिनुभएका दानहरू फिर्ता लिनुहुन्न र बोलाइसकेकालाई कहिल्यै पनि त्याग्नुहुन्न।
30
उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्वरको दया तिमीहरूले पाएका हौ।
31
आज अट्टेरी गरेर बस्नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्वरले तिमीहरूलाई दया देखाउनुभयो।
32
सबै मानिसहरूलाई दया देखाउन परमेश्वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्द गरिदिनुभयो।
33
अहो परमेश्वरको धन कति प्रशस्त! उहाँको ज्ञान, बुद्धि कति गहिरो छ! उहाँले निधो गरेका कुराको कसले बयान गर्न सक्छ? उहाँले हिंडेको बाटो कसले पत्ता लगाउन सक्छ?
34
परमेश्वरको मन कसले बुझ्ने? अथवा उहाँलाई सल्लाह दिने को छ र?
35
कसले परमेश्वरलाई केही चीज दिएको छ र उहाँले कसलाई के फर्काउनुपर्छ र?
36
सबै उहाँकै सृष्टि हुन्। ती सबै थोक उहाँद्वारै उहाँकै निम्ति हुन्। उहाँको जय-जयकार सधैँभरि होइरहोस्! आमेन।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
Recommended Reading
Commentary
Romans Commentaries
→
Devotional
Romans Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→