bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 4
Romans 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 5 →
1
त्यसो भए हामी हाम्रा जातिका पुर्खा अब्राहामका बारेमा के भनौं? उनले के पाए? विश्वासले परमेश्वरको सामु ठीक ठहरिने सुविधा पाए।
2
यदि उनले गरेका कुनै कामबाट परमेश्वरको सामु उनी ठीक ठहरिएका भए उनलाई घमण्ड गर्ने बाटो हुनेथियो। तर परमेश्वरको सामु उनीसँग घमण्ड गर्ने बाटो थिएन।
3
धर्मशास्त्रमा लेखिएको छ, “अब्राहामले परमेश्वरमा विश्वास गरे। उनको त्यही विश्वासले गर्दा परमेश्वरले उनलाई ठीक ठहराउनुभयो।”
4
काम गर्नेलाई ज्याला दिइन्छ। ज्याला दान होइन तर कमाएको कुरो हो।
5
कसैले धर्म-कर्ममा होइन तर दोषीहरूलाई निर्दोष ठहराउनुहुने परमेश्वरमा विश्वास गर्छ भने उसलाई परमेश्वरले आफ्नो सामु निर्दोष ठहराउनुहुन्छ। यसरी परमेश्वरले मानिसलाई विश्वासद्वारा निर्दोष र ठीक ठहराउनुहुन्छ।
6
हाम्रा राजा दाऊदले पनि धर्म-कर्मबाट होइन तर परमेश्वरबाट ठीक ठहरिएका मानिसको बारेमा यसो भन्छन्,
7
“कति खुसी तिनीहरू, जसको अधर्म परमेश्वरले मेटिदिनुभएको छ र पापहरू पुरिदिनुभएको छ।
8
कति खुसी त्यो मानिस, जसको पापको हिसाब परमेश्वरले लिनुहुन्न,।”
9
यो दाऊदले भनेको सुख व्यवस्थाअनुसार खतना भएकाहरूको लागि मात्र होइन, नभएकाहरूको लागि पनि हो किनभने हामीले धर्मशास्त्रअनुसार भनिहाल्यौं, “परमेश्वरले अब्राहामलाई उहाँमा विश्वास गरेकोले नै ठीक ठहराउनुभयो।”
10
यो कहिले भयो? उनले व्यवस्थाअनुसार खतना गरेपछि कि नगर्दै? खतना गर्नुभन्दा अघि नै अब्राहामले पहिले विश्वास गरे। यसैले परमेश्वरले उनलाई खतना नगर्दै ठीक ठहराउनुभएको थियो।
11
त्यसकारण खतनाचाहिँ उनको विश्वासद्वारा परमेश्वरले ठीक ठहराउनुभएको छाप थियो। यसरी अब्राहाम खतना नगरेको तर परमेश्वरलाई चाहिँ विश्वास मात्र गरेर ठीक ठहरिने अन्यजातिका पनि आत्मिक पुर्खा भए।
12
यसरी नै यहूदीहरूले खतना गरेका कारणले मात्र होइन; तर तिनीहरू पनि उनको जस्तै विश्वासमा हिंडेकोले अब्राहाम ती यहूदीहरूका पनि पुर्खा हुन्।
13
अब्राहामले व्यवस्था पालन गरेकोले होइन, तर उहाँमा विश्वासद्वारा ठीक ठहरिएकोले नै उहाँले उनलाई र उनका सन्तानलाई संसारको हकवाला बनाउने प्रतिज्ञा गर्नुभयो।
14
व्यवस्था पालन गर्नेहरू नै हकवाला बन्ने भए विश्वास वेकामको भएर परमेश्वरको प्रतिज्ञा पनि त व्यर्थ हुनेथियो।
15
व्यवस्था नटेर्नेहरूमाथि परमेश्वरको रिस पोखिन्छ तर व्यवस्था नभएको भए त नटेर्ने कुरै आउने थिएन।
16
अब प्रतिज्ञा विश्वासद्वारा पाइने भएकोले यो परमेश्वरको अनुग्रहमा भर पर्दछ। यसले अब्राहामका सबै सन्तानको लागि प्रतिज्ञा पक्का गराउँछ। यो ठूलो अनुग्रह व्यवस्था हुनेहरूको लागि मात्र होइन तर अब्राहामको जस्तो विश्वास गर्नेहरूको लागि पनि हो, कारण अब्राहाम हामी सबैका पुर्खा हुन्।
17
धर्मशास्त्रमा परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, “मैले तिमीलाई धेरै जातिको पुर्खा बनाएको छु,।” अब्राहामले उही मरेकालाई जीवन दिने र बोलेकै भरमा नभएकालाई हुने बनाउने परमेश्वरमा विश्वास गरे।
18
सन्तानको आशै नभएको बेला अब्राहामले धेरै जातिका पुर्खा हुन्छु भनी विश्वास गरेर आशा राखे। परमेश्वरले यसो भन्नुभएको थियो, “तिम्रा सन्तानहरू ताराझैँ धेरै हुनेछन्,।”
19
उनी सय वर्ष पुग्न लागेका थिए तर तिनलाई आफ्नो बुढो भएको शरीरले र साराको बाँझी कोखले विश्वासबाट कमजोर गराउन सकेन।
20
तिनले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामा पटक्कै शङ्का गरेनन् तर विश्वासमा अझ बलियो भएर परमेश्वरको प्रशंसा गरे
21
किनभने आफूले गर्नुभएको प्रतिज्ञा परमेश्वरले अवश्य पूरा गर्नुहुन्छ भन्ने उनलाई पक्का थाहा थियो।
22
यही विश्वासले गर्दा नै अब्राहाम परमेश्वरको सामु ठीक ठहरिएका थिए।
23
यो परमेश्वरको सामु ठीक ठहराउने कुरा उनका लागि मात्र नलेखिएर
24
हाम्रा लागि पनि लेखिएको हो, जसले हाम्रा प्रभु येशूलाई मरेपछि पनि जीवन दिनुहुने परमेश्वरमा विश्वास गरेका छन्। यही विश्वासले गर्दा हामीहरू पनि परमेश्वरको सामु ठीक ठहरिएका छौं।
25
येशू हाम्रो पापको लागि मारिनुभयो अनि हामीलाई ठीक ठहराउन फेरि जिउँदो गराइनुभयो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16