bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 3
Romans 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
1
त्यसो भए यहूदी भएकोमा के फाइदा भयो त? के खतना हुँदैमा केही फाइदा छ?
2
हरेक प्रकारले छ। सबैभन्दा पहिले परमेश्वरले यहूदीहरूलाई आफ्नो पवित्र वचन सुम्पिनुभयो।
3
तर कति जना यो पवित्र वचन पालन नगरेर अविश्वासी बने भन्दैमा के परमेश्वरले आफ्नो वचन तोड्नुहुन्छ र?
4
हुँदै होइन, मान्छे झूटो भए पनि परमेश्वर साँचो नै रहनुहुन्छ। जस्तो धर्मशास्त्रले भन्दछ, “तपाईंले बोल्नुभएको कुरामा तपाईं ठीक हुनुहुन्छ भनी मानिसहरूले देख्नेछन् अनि फैसला हुने बेला तपाईंकै जित हुनेछ,।”
5
तर हामीहरूले गरेका खराब कामहरूले परमेश्वरलाई अझ ठीक देखाउँछ भने हामी के भनौं त? के परमेश्वर हामीसित रिसाउनु गल्ती हो? कति मानिसहरूले यस्तै विचार गर्दछन्।
6
परमेश्वरले दण्ड दिनु कुनै किसिमले पनि गल्ती होइन। यदि परमेश्वर न्यायी हुनुहुन्न भने कसरी मानिसहरूको फैसला गर्नुहुन्छ?
7
मेरो झूटले परमेश्वरको सत्यलाई बढाएर उहाँको झन् आदर हुन्छ भने किन मलाई पापी ठहराउने?
8
केही असल देखा परोस् भनेर नै हामीले पाप गरौं भन्यौं रे! कसै-कसैले यही दोष हामीलाई लगाउँछन्। यस्ता दोष लगाउने मानिसलाई उचित सजाय हुनेछ।
9
त्यसो भए के अरूहरूभन्दा हामी यहूदीहरू बेस छौं त? एकदमै होइन। मैले अघि नै देखाइसकेको छु: यहूदी र अरूहरू पनि सबै समान रूपले पापका पन्जामा छन्।
10
यस्तै कुरा धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि।
11
परमेश्वरलाई बुझ्ने मानिस कोही छैन नता कसैले परमेश्वरको खोजी नै गरेका छन्।
12
सबैले बाटो बिराएका छन् र सबै काम नलाग्ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।”
13
“तिनीहरूको घोक्रो खुल्ला चिहानजस्तै छ, तिनीहरूले आफ्नै जिब्राले ढाँटेका छन्,।” “तिनीहरूको बोली विषालु सर्पको विषजस्तो छ,।”
14
“तिनीहरूले सरापिरहन्छन् र मनको तीतो पोखाइरहन्छन्,।”
15
“तिनीहरू मानिस मार्न छिटा छन्।
16
तिनीहरू जहाँ-जहाँ जान्छन्, त्यहाँ-त्यहाँ मृत्यु र दु:ख फैलाउँछन्।
17
शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्,।”
18
“नता परमेश्वरको डरै मानेका छन्,।”
19
व्यवस्थाको कुरा व्यवस्थाका अधीनमा हुने मानिसलाई भनिएको हो भनी हामीलाई थाहा छ। यसकारण सबै मानिसको मुखमा बुजो लाग्नेछ र सारा संसार दोषी ठहराइन परमेश्वरको अगाडि उभ्याइनेछ।
20
व्यवस्था पालनले कोही पनि परमेश्वरको अगाडि ठीक ठहरिनेछैन किनभने व्यवस्थाले त मानिसले गरेको पाप चिनाइदिन्छ।
21
तर अहिले व्यवस्थाबिना परमेश्वरले मानिसलाई ठीक ठहराउनुहुन्छ भनी उहाँले देखाउनुभएको छ। यही कुरा व्यवस्था र अगमवक्ताहरूले बताएका छन्।
22
यसरी परमेश्वरले येशू ख्रीष्टमा विश्वास गर्ने सबैलाई ठीक ठहराउनुहुन्छ किनभने उहाँले कसैलाई पनि छुट्याउनुहुन्न
23
किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट टाढिएका छन्।
24
तर परमेश्वर दयालु हुनुहुन्छ र उहाँले अनुग्रह गरेर ख्रीष्टद्वारा मानिसलाई सित्तैंमा निर्दोष र ठीक ठहराउनुहुन्छ किनभने ख्रीष्ट येशूले सबैको साटो आफैंले सजाय भोगेर पापको कैदबाट मानिसलाई छुटाउनुभएको छ।
25
परमेश्वरले ख्रीष्ट येशूलाई हाम्रो लागि प्रायश्चितको बलिदान स्वरूप दिनुभएर उहाँको रगत हाम्रो लागि बगाइएको हो भनी विश्वास गर्ने मानिसको पाप मेटिदिनुभएको छ। परमेश्वरले पापको सजाय ख्रीष्टमा दिएर आफैंलाई न्यायी देखाउनुभयो। परमेश्वरले ख्रीष्ट आउनुभन्दा पहिले आफ्नो रिस थामेर मानिसलाई पापको सजाय दिनुभएन।
26
परमेश्वरले अब यो युगमा आफ्नो न्याय देखाउन मानिसहरूका पाप हटाएर तिनीहरूलाई निर्दोष ठहराउनुहुन्छ। यसरी येशूमा विश्वास गर्ने हरेकलाई उहाँले ठीक ठहराउनुहुन्छ र आफैं धर्मी हुनुहुन्छ।
27
त्यसो भए केको बारेमा घमण्ड गर्ने? घमण्ड गर्ने त कुरै छैन। धर्म-कर्मले मानिसलाई घमण्डी तुल्याउँछ। तर ख्रीष्टमा विश्वास गर्दा आफ्नो धर्म-कर्ममा घमण्ड गर्ने कुरै आउँदैन।
28
यसरी हामीलाई थाहा हुन्छ, धर्म-कर्म गरेर होइन तर ख्रीष्टमा विश्वास गरेर मात्रै परमेश्वरको सामु ठीक ठहरिन सकिन्छ।
29
के परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्छ? के अन्यजातिका मानिसहरूको परमेश्वर हुनुहुन्न र? अवश्य उहाँ सबैका परमेश्वर हुनुहुन्छ।
30
परमेश्वर एउटै हुनुहुन्छ। उहाँले यहूदी हुन् वा अन्यजाति हुन्, सबैलाई तिनीहरूको विश्वासद्वारा नै आफ्नो सामु ठीक ठहराउनुहुन्छ।
31
परमेश्वरको सामु विश्वासद्वारा ठीक ठहरिन्छ भने के परमेश्वरको नियमचाहिँ काम नलाग्ने हुन्छ त? अहँ होइन। बरु हामी उहाँको नियमलाई साँचो रूपले मान्छौं।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16