bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 14
Romans 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
1
कमजोर विश्वास हुनेहरूलाई माया गरेर आफ्नो सङ्गतिमा स्वागत गर, तर उसको विचारलाई दोष लगाएर झगडा गर्ने कामचाहिँ नगर।
2
कसैको विश्वासअनुसार सबै थोक खान हुन्छ तर कमजोर विश्वासीले सागपात मात्रै खान्छ।
3
सबै थोक खानेले सागपात मात्र खानेलाई होच्याउनुहुँदैन। त्यस्तै नखानेले खानेलाई दोष नलगाओस् किनभने त्यस कमजोर विश्वासीलाई पनि परमेश्वरले नै स्वागत गर्नुभएको छ।
4
अर्काको सेवकलाई दोष लगाउने तिमी को हौ? मालिकले पो सेवकले ठीक काम गरेको हो कि गलत काम गरेको हो, फैसला गर्नेछ। प्रभुले नै कमजोर सेवकहरूलाई पनि ठीक काम गर्न सहायता दिनुहुनेछ कारण प्रभुमा त्यसलाई सहायता गर्ने शक्ति छ।
5
कसैले कुनै दिनलाई अरू दिनभन्दा मुख्य र ठूलो ठान्छ तर कसैले सबै दिन एकै हो भन्छ। हरेक मानिसले आफ्नो-आफ्नो मनमा आफूले विश्वास गरेको कुरा पक्का गर्नुपर्छ।
6
कुनै दिन मुख्य ठान्नेले परमेश्वरकै आदरको निम्ति ठान्छ, खानेले परमेश्वरकै आदरको निम्ति खान्छ किनभने उसले परमेश्वरलाई धन्यवाद चढाएर खान्छ। नखानेले पनि परमेश्वरलाई धन्यवाद चढाएर उहाँकै आदरको निम्ति खाँदैन।
7
हामीहरू कोही पनि आफ्नै लागि बाँच्तैनौं र आफ्नै लागि मर्दैनौं।
8
हामी बाँचे पनि प्रभुकै लागि बाँच्तछौं र मरे पनि प्रभुकै लागि मर्दछौं। त्यसो हुँदा हामी मरे पनि बाँचे पनि प्रभुकै हौं।
9
यसकारण ख्रीष्ट मरेका र बाँचेका सबैका प्रभु हुन मर्नुभयो र फेरि जिउनु पनि भयो।
10
त्यसो भए तिमीहरू आफ्नो ख्रीष्टियान भाइलाई किन दोष लगाउँछौ त? अनि किन आफ्नो भाइलाई होच्याउँछौ? हामी सबै परमेश्वरको न्यायालयमा खडा हुनेछौं।
11
धर्मशास्त्रमा लेखिएको छ, “प्रभु परमेश्वर भन्नुहुन्छ, ‘म जीवित भएझैँ साँच्चै भन्दछु, सबै मानिसहरू मेरो अघि झुक्नेछन्, सबैले मलाई परमेश्वर भनी मान्नेछन्’।
12
त्यसो हुँदा हामीहरू सबैले आ-आफ्नो हिसाब परमेश्वरलाई बुझाउनुपर्छ।
13
यसकारण हामी एक-अर्कालाई दोष नलगाऔं। हामी भाइहरूलाई कुनै ठेस लाग्ने वा पापमा पार्ने कुरा गर्नेछैनौं भनी अठोट गरौं।
14
प्रभु येशूमा विश्वास गरेकोले यो कुरो म पक्का जान्दछु, कुनै पनि खानेकुरा आफैं अशुद्ध हुँदैन। तर कसैले केही कुरा अशुद्ध मान्छ भने त्यो उसको लागि अशुद्धै हुन्छ।
15
तिमी आफ्ना भाइलाई खाने कुरोले चोट पुर्याउँछौ भने तिमीले उसलाई माया गर्दैनौ। ख्रीष्टले आफ्नो प्राण दिएर बचाउनुभएको मानिसलाई तिम्रो खानेकुराले नाश नगरोस्।
16
तिमीले गरेको असल कुरालाई अरूले खराब भन्न नपाऊन्
17
किनभने परमेश्वरको राज्य भनेको खाने र पिउने कुरा होइन, तर यो पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको कुरो हो, जुन पवित्र आत्माले दिनुहुन्छ।
18
यस किसिमले ख्रीष्टको सेवा गर्नेले परमेश्वरलाई खुसी तुल्याउँछ साथै मानिसबाट स्याबासी पनि पाउँछ।
19
यसैकारण हामी शान्ति दिने र एक-अर्कालाई सहयोग पुर्याउने कुरामा मात्रै सधैँ ध्यान राखौं।
20
खानेकुराको कारणले परमेश्वरले गर्नुभएको कामलाई नाश नगर। सबै खानेकुरा खानुहुन्छ तर कसैलाई पाप गर्न लगाउने गरी केही खानुचाहिँ खराब हो।
21
खासमा त मासु पनि नखानू, कुनै मात लाग्ने कुरो पनि नपिउनू अनि भाइलाई ठेस लाग्ने गरी कुनै कुरो पनि नगर्नू नै राम्रो हो।
22
त्यसो हुँदा यस बारेमा विश्वास तिमी र परमेश्वरको बीचमा राख। आफैंले ठीक ठहराएको कुरोलाई खराब नठानी गर्ने मानिस धन्य हुन्छ।
23
तर आफूले खाएको कुरामा आफैं शङ्का गर्दै खान्छ भने परमेश्वरले उसलाई दोषी ठहराउनुहुनेछ किनभने विश्वासबिनाको जुनसुकै कुरो गरे पनि पाप हो।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16