bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 5
Romans 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 6 →
1
यसकारण हामी विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिएका छौं अनि हाम्रा प्रभु येशू ख्रीष्टद्वारा नै परमेश्वरसँग हाम्रो मिलाप भएको छ।
2
उहाँले हामीलाई विश्वासद्वारा परमेश्वरको अनुग्रहमा ल्याउनुभएको छ। अहिले हामी त्यही क्षमा दिने अनुग्रहमा छौं। हामीहरू परमेश्वरको महिमामा सहभागी हुने आशामा रमाउँछौं।
3
त्यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्छ,
4
दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं।
5
हामी यस आशामा निराश हुनेछैनौं किनभने परमेश्वरले पवित्र आत्मा दिनुभएको छ र पवित्र आत्माले हाम्रो हृदयमा परमेश्वरको प्रेम भर्नुभएको छ।
6
हामी आफैंले मुक्तिको निम्ति केही गर्न नसक्ने हुँदा नै ख्रीष्ट आफैं नै हामी पापीको निम्ति ठीक बेलामा मर्नुभयो।
7
धर्मात्माको निम्ति कोही मुश्किलले मरिदेला। अति असल मानिसको सट्टामा पनि कसैले मर्ने साहस गर्ला।
8
तैपनि परमेश्वरले उहाँको प्रेम हामीलाई यसरी देखाउनुभयो, हामी पापी छँदै हाम्रा लागि ख्रीष्ट मर्नुभयो।
9
उहाँ बलिदान भएर आफ्नो रगतद्वारा हामीलाई परमेश्वरको सामु ठीक ठहराउनुभयो भने झन् बढी उहाँले हामीलाई परमेश्वरको क्रोधबाट बचाउनुहुन्छ।
10
हामी परमेश्वरका शत्रु भएकै बेला उहाँको पुत्र ख्रीष्टको मृत्युद्वारा परमेश्वरले हामीलाई आफ्नो मित्र बनाउनुभएको छ भने झन् मित्र हुँदा उहाँको जीवनले हामीलाई झन् बढी गरी बचाउँछ।
11
यति मात्र होइन हाम्रा प्रभु येशू ख्रीष्टले गर्दा हामी परमेश्वरको स्तुति गर्दै रमाउँछौं कारण ख्रीष्टले हामीलाई परमेश्वरसँग मिलाप गराएर आफ्नो मित्र बनाउनुभएको छ।
12
सृष्टिको पहिलो मानिस आदमबाट नै संसारमा पाप आयो र उनको पापले मृत्यु ल्यायो र सबै मानिसमा मृत्यु फैलियो किनभने सबै मानिसले पाप गरे।
13
परमेश्वरले व्यवस्था दिनुभन्दा पहिले नै संसारमा पाप थियो, तर व्यवस्था नभएकोले पापको हिसाब पनि भएन।
14
तैपनि आदमको समयदेखि व्यवस्था लेख्ने मोशाको समयसम्म मृत्युले सबै मानिसमाथि राज्य गर्यो। तिनीहरूले गरेको पाप आदमले परमेश्वरको खास आज्ञा नमानेको झैँ नभए पनि तिनीहरू मर्नुपर्यो। आदमले गरेको कामको फल सबै मानिसले पाएझैँ ख्रीष्टले गरेको कामको फल पनि सबैले पाउँछन्। यसरी आदम ख्रीष्टको नमुना भए।
15
तर परमेश्वरको सित्तैंको दान र आदमको पापमा कति भिन्नता? यो ठीक हो। धेरै मानिस एकै जनाको पापको कारणले मरे; तर पछि आउनुभएका ख्रीष्टले त झन् परमेश्वरको अनुग्रहले धेरैधेरै मानिसहरूलाई सित्तैमा मुक्ति दिनुभयो।
16
फेरि यो सित्तैको दानको फल एउटा मानिसले गरेको पापको फलजस्तो होइन। आदमको एउटै पापले गर्दा मानिसहरू दोषी ठहराइए र तिनीहरू सजायको भागी भए। तर मानिसहरूले धेरै पाप गरेपछि परमेश्वरले तिनीहरूलाई सित्तै निर्दोष ठहराउनुभयो।
17
एउटा मानिसले पाप गर्दा मृत्युले सबै मानिसमाथि राज्य गर्यो। त्यसरी नै परमेश्वरले प्रशस्त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्य गर्नेछन्।
18
जसरी एउटै पापले सबै मानिस मृत्युदण्डका भागी भए, त्यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्वरको सामु ठीक ठहराइएर जीवन पाउने भए।
19
एक जना आदमले आज्ञापालन नगर्दा धेरै जना पापी भए, त्यसै गरी एक जना ख्रीष्टको आज्ञापालनले धेरै जना परमेश्वरको सामु ठीक ठहरिने भए।
20
पाप बढाउन व्यवस्था आयो। जहाँ पाप बढ्यो, त्यहाँ परमेश्वरको अनुग्रह झन् धेरै बढ्यो।
21
त्यस बेला पापले मृत्युद्वारा मानिसमाथि राज्य गरेझैँ अहिले परमेश्वरको अनुग्रहले राज्य गर्दै छ। यही अनुग्रहले हामीलाई परमेश्वरको सामु ठीक ठहराएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अजम्मरी जीवन दिंदै छ।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16