bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 6
Romans 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 7 →
1
त्यसो भए हामीले के भन्ने? के परमेश्वरको अनुग्रह धेरै पाइरहन हामी पाप गरिरहौं त?
2
अहँ, त्यसो गर्नुहुँदैन। पापको लागि त हामी मुर्दा हौं, मुर्दा कसरी अब पाप गरेर जिउन सक्छ?
3
तिमीहरूलाई थाहै छ, हामीले ख्रीष्टमा बप्तिस्मा पाउँदा उहाँसँगै एक भएर मर्यौं।
4
हामी पनि उहाँसँगै बप्तिस्माद्वारा मरेर गाडियौं। शक्तिशाली परमेश्वर पिताले आफ्नो महिमाद्वारा येशू ख्रीष्टलाई मरेकोबाट बिउँताउनुभयो। त्यसो हुँदा हामी पनि पुरानो जीवन छोडेर नयाँ जीवनमा ख्रीष्टजस्तै जिउनेछौं।
5
किनभने उहाँको मृत्युमा हामी एक भयौं भने उहाँसँगै मरेकोबाट बिउँतिदा पनि एक हुनेछौं।
6
हामीलाई यो थाहा छ, पापले राज्य गरेको जीवन नाश होस् र हामी पापको कैदी भइरहनुनपरोस् भनेर हाम्रो पुरानो जीवन ख्रीष्टसँगै क्रूसमा मारिएको छ
7
किनभने मरिसकेको मानिस पापको कैदबाट छुटेको हुन्छ।
8
ख्रीष्टसँगै मर्यौं भने उहाँसँगै बाँच्ने पनि छौं भनेर हामी विश्वास गर्दछौं
9
किनभने हामीलाई थाहा छ, ख्रीष्ट मरेर पनि फेरि बिउँतनुभएको छ। अब उहाँ कहिल्यै मर्नुहुनेछैन, उहाँमाथि मृत्युको कुनै शक्ति चल्दैन।
10
पापको लेखि ख्रीष्ट एक पल्ट मर्नुभएकोले उहाँमाथि पापको पनि कुनै शक्ति चल्दैन अनि परमेश्वरको निम्ति उहाँ सधैँभरि बाँच्नुहुन्छ।
11
त्यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्वरको लागि ख्रीष्ट येशूसँगै बाँचेको सम्झिनुपर्छ।
12
यसकारण आफ्नो मरणशील शरीरमा फेरि पापले राज्य गर्न नपाओस्।
13
कुनै पनि आफ्ना अङ्ग दुष्ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्तै आफ्नो पूरै जीवन परमेश्वरकहाँ चढाओ र आफ्ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ।
14
पापले तिमीहरूमाथि राज गर्नेछैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौ।
15
के अनुग्रहको अधीनमा छौं भन्दैमा हामी पाप गरौं त? यो कहिल्यै पनि हुँदैन।
16
जसको कुरा मानेर चाकरी गर्न रुचाउँछौ, उसैको तिमीहरू कमारा हुन्छौ। पापको कमारो भएर त्यसैको आज्ञा मान्छौ भने तिमी मर्नेछौ, तर परमेश्वरको आज्ञापालन गर्छौ भने तिमी उहाँकै सामु ठीक ठहरिन्छौ।
17
तिमीहरू पहिले पापका कमारा थियौ तर अहिले तिमीहरू हृदयदेखि नै आफ्ना परमेश्वरले सिकाउनुभएको शिक्षा पालन गर्छौ। यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्।
18
तिमीहरू पापको कैदबाट छुटेर परमेश्वरको असल काम गर्ने कमारा भएका छौ।
19
तिमीहरूको शारीरिक स्वभावको कमजोरीले गर्दा म मानिसहरूले बुझ्ने गरी मालिक र कमाराको नमुना लिएर भन्दै छु। एक पल्ट खराब इच्छा लिएर ठूलो पाप र दुष्ट काम गर्न तिमीहरूले आफ्नो जीवन कमाराले झैँ सुम्पियौ। अब पवित्र हुन तिमीहरूको जीवन परमेश्वरको लागि असल काम गर्ने कमाराले झैँ सुम्पिदेओ।
20
तिमीहरू पापको कमारा हुँदा तिमी परमेश्वरको अगाडि ठीक हुने कामको वास्ता गर्दैनथ्यौ।
21
त्यस बेला गरेका कामबाट जसमा तिमीहरू अहिले लाज मान्छौ, तिमीहरूले के पायौ? ती सबै घिनलाग्दा कुराको फलचाहिँ मृत्यु हो।
22
अब तिमीहरू पापको कैदबाट छुटेका छौ र परमेश्वरका कमारा बनाइएका छौ। यसको फलचाहिँ पवित्रता हो। यसले तिमीलाई अजम्मरी जीवनमा पुर्याउँछ।
23
पापले आफ्नो कमारालाई दिने ज्यालाचाहिँ मृत्यु हो, तर हाम्रा प्रभु येशू ख्रीष्टमा अजम्मरी जीवन जिउनुचाहिँ सित्तैमा दिइने परमेश्वरको दान हो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16