bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Romans 9
Romans 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
1
अब मैले भन्न लागेका कुरा सत्य छन्। म ख्रीष्टको हुँ र झूटो बोल्दिनँ। पवित्र आत्माको अधीनमा रहेको मेरो विवेकले पनि म ढाँट्दिनँ भनेर साक्षी दिन्छ।
2
मेरा प्यारा इस्राएली दाजुभाइहरूका लागि मेरो हृदयमा धेरै दु:ख र पीडा छ।
3
मैले ख्रीष्टबाट अलग हुने श्राप पाएर मेरा इस्राएली दाजुभाइहरूचाहिँ बाँच्ने भए म खुसी हुने थिएँ। उनीहरू बाँचून् भन्ने मात्र मेरो ठूलो इच्छा छ।
4
यिनीहरू इस्राएली हुन् र परमेश्वरले यिनीहरूलाई आफ्ना छोरा-छोरी बनाउनुभयो। उहाँले आफ्नो महिमा तिनीहरूलाई प्रकट गर्नुभयो। यिनीहरूसँग नै करार बाँध्नुभयो, व्यवस्था दिनुभयो, आफ्नो सेवा पनि गर्न सिकाउनुभयो, उहाँका प्रतिज्ञाहरू तिनीहरूले पाए।
5
इस्राएलीहरू आफ्ना प्रसिद्ध पुर्खाहरूका सन्तान हुन्, ख्रीष्ट आफैं पनि यही जातिमा जन्मनुभयो। उहाँ त सबैमाथि राज्य गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँको सधैँभरि प्रशंसा होइ रहोस्। आमेन।
6
के परमेश्वरले तिनीहरूलाई गर्नुभएका प्रतिज्ञाहरू नै विफल भए र? होइन, कारण इस्राएलमा जन्मिए भन्दैमा सबै जना पक्का इस्राएली नै हुन् भन्न सकिंदैन। अब्राहामका सबै सन्तानहरू नै परमेश्वरले प्रतिज्ञा गरेका सन्तान होइनन्
7
किनभने अब्राहामका दुई छोरा भए पनि परमेश्वरले भन्नुभएको थियो, “इसहाकबाट भएका सन्तान मात्रै तिम्रा सन्तान हुनेछन्,।”
8
यसको अर्थ अब्राहामका सबै सन्तान परमेश्वरका छोरा-छोरी होइनन्। तर परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गरेका छोरा-छोरी मात्रै अब्राहामका सन्तान हुन्
9
किनभने परमेश्वरले यसरी प्रतिज्ञा गर्नुभएको थियो, “तोकिएको बेला म आउँदा तिम्री जहान साराको छोरो हुनेछ,।”
10
यति मात्र होइन, रिबेकाले पनि हाम्रा पुर्खा इसहाकबाटै जुम्ल्याहा छोराहरू जन्माइन्।
11
[11-13] तर जुम्ल्याहाहरू पेटमै हुँदा र तिनीहरूले राम्रो-नराम्रो कुनै काम गर्नुअघि नै परमेश्वरले जुम्ल्याहाहरूमा एक जनालाई चुनेर रिबेकालाई भन्नुभयो, “दाजुचाहिँले भाइको सेवा गर्नेछ।” परमेश्वरले भनेझैँ धर्मशास्त्रमा लेखिएको छ, “मैले याकूबलाई माया र एसावलाई घृणा गरें,।” यसरी परमेश्वरको छान्ने काम मानिसहरूको काम हेरेर होइन तर उहाँको आफ्नो इच्छाअनुसार हुन्छ भनी उहाँले पक्का गर्नुभयो।
14
त्यसो भए हामीले के भन्ने? के परमेश्वर अन्यायी हुनुहुन्छ त? कदापि होइन!
15
किनभने उहाँले मोशालाई भन्नुभयो, “जसको मलाई दया लाग्छ, त्यसैलाई म दया गर्छु र जसलाई म टिठ्याउन चाहन्छु, त्यसैलाई म टिठ्याउनेछु,।”
16
यसकारण परमेश्वरले मान्छेको इच्छा वा चेष्टाले उसलाई बोलाउनुभएको होइन तर आफ्नै दयाले पो हो।
17
धर्मशास्त्रले एक जना मिश्री राजा फारोको बारेमा पनि यस्तै भन्छ, “तिमीलाई बोलाएर मेरो शक्ति देखाउने अनि पूरा संसारभरि मेरो नाउँ चलाउने उद्देश्यले नै मैले तिमीलाई राजा बनाएँ,।”
18
यसो हुँदा परमेश्वरले जसलाई दया गर्न चाहनुहुन्छ, त्यसलाई दया गर्नुहुन्छ अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, त्यसलाई कठोर पार्नुहुन्छ।
19
कसैले भन्ला, यसो हो भने किन परमेश्वरले मानिसलाई दोष लगाउनुहुन्छ त? तर परमेश्वरको इच्छालाई कसले रोक्न सक्छ?
20
हे मानिस हो, हामीलाई परमेश्वरको विरोधमा बोल्ने केही हक छैन। माटाको भाँडाले किन मलाई यस्तो बनाएको भन्छ र?
21
कुमालेले आफूले मुछेको माटोबाट आफ्नो इच्छाअनुसार भाँडा बनाउँछ। एउटै माटोको डल्लाबाट कुनैलाई एकदमै राम्रो काम लाग्ने र कुनैलाई मामुली खालको भाँडा बनाउने कुमालेको आफ्नो इच्छाको कुरा हो।
22
त्यसै गरी परमेश्वरलाई पनि आफ्नो क्रोध र शक्ति देखाउने इच्छा छ तर उहाँले आफ्नो क्रोधको भाँडालाई जस्तै नाश गर्न सुहाउने मानिसलाई पनि धेरै सहेर बस्नुभयो।
23
अनि उहाँले हामीलाई धेरै ठूलो शक्ति र महिमाको सम्पत्ति देखाउन चाहनुभयो। हामी उहाँको दया गरिने भाँडा भयौं। उहाँले हामी दया पाउनेहरूलाई आफ्नै ठूलो आदरको लागि तयार गर्नुभएको छ
24
किनभने उहाँले बोलाउनुभएका हामीहरू नै हौं। उहाँले इस्राएलीहरूलाई मात्र डाक्नुभएन तर अन्यजातिका मानिसहरूलाई पनि डाक्नुभयो।
25
परमेश्वरले भन्नुभएको कुरा होशे भन्ने अगमवक्ताले यसरी लेख्छन्— “तिनीहरू मेरा मानिस नभए पनि म तिनीहरूलाई मेरो प्रजा भनी बोलाउनेछु, मैले माया नगरेकोलाई ‘मेरो मायालु’ भनी डाक्नेछु।”
26
अनि त्यही ठाउँमा यहूदीबाहेक अरू मानिसहरूलाई यस्तो भनियो, “तिमीहरू मेरा प्रजा थिएनौ तर अब जिउँदो परमेश्वरका सन्तान भनी बोलाइनेछौ,।”
27
अनि यशैया नाउँ गरेका अर्का अगमवक्ताले इस्राएलीहरूका बारेमा यसो भन्छन्, “इस्राएलका मानिस समुद्रका बालुवाजत्तिकै धेरै भए पनि तिनीहरूमा थोरै मात्र बचाइनेछन्
28
किनभने प्रभुले संसारलाई चाँडै सजाय दिएर सिध्याउनुहुनेछ,।”
29
यो पनि यशैयाले पहिले नै भनेका छन्, “यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा लागि केही सन्तान बाँकी नराख्नुभएको भए हामी इस्राएलीहरू परमेश्वरको सजायले सदोम र गमोराका मानिसझैँ नाश हुनेथियौं,।”
30
मैले भन्न खोजेको कुरो यही हो। व्यवस्थापालन गर्न खोज्दै-नखोजी अन्यजातिका मानिसहरूचाहिँ विश्वासद्वारा नै परमेश्वरको सामु ठीक ठहरिए।
31
तर इस्राएलीहरूले चाहिँ व्यवस्था पालन गरेर परमेश्वरको सामु ठीक ठहरिन धेरै कोसिस गरे तैपनि असफल भए
32
किनभने तिनीहरूले विश्वास नगरीकनै धर्म-कर्म मात्र गरेर परमेश्वरसँग ठीक ठहरिन खोजेका थिए। यसरी धर्म-कर्म गर्न खोजेर तिनीहरूले ख्रीष्टबाट पाउने सित्तैको दानलाई विश्वास गर्नैसकेनन्। यसैकारण तिनीहरूका लागि ख्रीष्टचाहिँ ठेस लाग्ने ढुङ्गाझैँ हुनुभयो।
33
ख्रीष्टको बारेमा परमेश्वरले भनेझैँ धर्मशास्त्रमा पनि यस्तै लेखिएको छ— “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गा र बाधा दिने पहरा राख्नेछु र उहाँमा धेरै जना ठेस खाएर लड्नेछन्; तर उहाँमा विश्वास गर्ने मानिसचाहिँ निराश हुनेछैन,।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16