bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 1
Hosea 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
1
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामका शासनकालमा बेरीको छोरो होशेकहाँ आएको परमप्रभुको वचन:
2
जब परमप्रभु होशेद्वारा बोल्न लाग्नुभयो, तब परमप्रभुले तिनलाई भन्नुभयो, “जा, गएर एउटी व्यभिचारिणीलाई विवाह गर्, र त्यसको विश्वासघातबाट पैदा भएका सन्तानलाई आफ्ना बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ।”
3
यसैले तिनी गएर दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्यसले गर्भवती भएर तिनीबाट एक जना छोरा जन्माई।
4
तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ यिजरेल राख्, किनभने चाँड़ै म येहूको घरानालाई यिजरेलमा भएको रक्तपातबापत दण्ड दिनेछु, र इस्राएलको राज्य अन्त्य गरिदिनेछु।
5
त्यस दिन म इस्राएलको धनु यिजरेलको बेँसीमा भाँचिदिनेछु।”
6
गोमेरले फेरि गर्भवती भएर एउटी छोरी जन्माई। तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई टिठ्याएर म तिनीहरूलाई फेरि-फेरि क्षमा गर्नेछैनँ।
7
तर म यहूदाको घरानालाई टिठ्याउनेछु। धनु, तरवार, लड़ाइँ, घोड़ा र घोड़चढ़ीहरूद्वारा म तिनीहरूलाई उद्धार गर्नेछैनँ, तर परमप्रभु तिनीहरूका परमेश्वरद्वारा नै म तिनीहरूको उद्धार गर्नेछु।”
8
जब त्यसले लो-रूहामाको दूध छोड़ाई, तब फेरि गर्भवती भएर गोमेरले अर्को एक जना छोरा जन्माई।
9
तब परमप्रभुले भन्नुभयो, “त्यसको नाउँ लो-अम्मी राख्, किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म तिमीहरूका परमेश्वर होइनँ।
10
“तरै पनि इस्राएलीहरूको संख्या समुद्रको किनारका बालुवाझैँ हुनेछ, जसलाई न त नाप्न न गन्ती गर्न सकिन्छ। जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको थियो, त्यहाँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्।
11
तब यहूदावंशी र इस्राएलीहरू दुवै फेरि एकसाथ मिल्नेछन्, र एउटै नेता नियुक्त गरेर देशबाट निस्कनेछन्, किनभने यिजरेलको दिन महान् हुनेछ।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14