bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 14
Hosea 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
1
ए इस्राएल, परमप्रभु आफ्ना परमेश्वरतिर फर्केर आओ। तिम्रा पापहरू नै तिम्रो पतनका कारण हुन्।
2
वचनहरू लिएर परमप्रभुतिर फर्क। उहाँलाई भन, “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र अनुग्रहपूर्वक हामीलाई ग्रहण गर्नुहोस्, र हामी आफ्ना ओठको फल चढ़ाउन सकौं।
3
अश्शूरले हामीलाई बचाउन सक्दैन। हामी युद्धका घोड़ाहरूमाथि सवार हुनेछैनौं। हामी फेरि कहिल्यै आफ्नै हातले बनाएका थोकलाई ‘हाम्रा देवताहरू’ भनी भन्नेछैनौं, किनकि टुहुराहरूले तपाईंबाट कृपा पाउँदछन्।”
4
“तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ।
5
म इस्राएलको निम्ति शीतझैँ हुनेछु। त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसका जरा गड्नेछन्।
6
त्यसका भर्खरै पलाएका मुनाहरू बढ्नेछन्। त्यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ।
7
मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्। मकैझैँ त्यो लहलह बढ्नेछ र दाखको बोटझैँ त्यो फुल्नेछ, र त्यसको ख्याति लेबनानको दाखमद्यजस्तै हुनेछ।
8
हे एफ्राइम, मूर्तिहरूसित मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु। म एउटा हरियो सल्लोको रूखझैँ छु। मबाटै तँ फलवन्त हुनेछस्।”
9
को बुद्धिमान् छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्यसले यी कुराहरू बुझ्नेछ। परमप्रभुका मार्ग ठीक छन्। धर्मी जन तिनैमा हिँड्छन्, तर बागीहरू तिनमा ठेस खान्छन्।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14