bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 13
Hosea 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
1
एफ्राइम बोल्दा मानिसहरू काम्थे। इस्राएलमा त्यो उच्च पारियो, तर बाल देवताको पूजा गरेर त्यो दोषी भयो र त्यसको मृत्यु भयो।
2
अब तिनीहरू झन् बढ़ी पाप गर्छन्। तिनीहरूले आफ्ना निम्ति आफ्नो चाँदीले ढालिएको मूर्ति बनाउँछन्, अर्थात् चतुर्याइँसित आकृति निकालेका मूर्तिहरू, ती सबै शिल्पकारका कामहरू हुन्। यी मानिसहरूका विषयमा यो भनिएको छ, “तिनीहरू मानव-बलि चढ़ाउँछन्, बाछाका मूर्तिलाई चुम्बन गर्दछन्।”
3
यसैकारण तिनीहरू बिहानको कुइरो, सबेरै बिलाउने शीत, हुरीले खलाबाट उड़ाइलैजाने भुस, र झ्यालबाट निस्कने धूवाँझैँ हुनेछन्।
4
“तर म त परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएको छु। मबाहेक तिमीहरूले अर्को कुनै ईश्वरलाई, अर्को कुनै उद्धारकलाई स्वीकार गर्नेछैनौ।
5
मरुभूमि, अर्थात् चर्को गर्मी भएको देशमा मैले नै तिमीहरूको हेरचाह गरें।
6
जब मैले तिनीहरूलाई खुवाएँ, तब तिनीहरू सन्तुष्ट भए। जब तिनीहरू सन्तुष्ट भए, तब तिनीहरू घमण्डी भए। त्यसपछि तिनीहरूले मलाई भुलिहाले।
7
यसैले म तिनीहरूकहाँ सिंहजस्तै आउनेछु। चितुवाझैँ तिनीहरूको बाटोमा म ढुकिबस्नेछु।
8
छाउराहरू खोसिएको माउ भालूझैँ तिनीहरूलाई आक्रमण गरेर म तिनीहरूलाई च्यातचुत पार्नेछु। सिंहझैँ म तिनीहरूलाई भक्षण गर्नेछु। जङ्गली जन्तुले तिनीहरूलाई फहराउनेछ।
9
“हे इस्राएल, म तिमीहरूलाई सर्वनाश गर्नेछु, किनकि तिमीहरू मेरो विरुद्धमा, तिमीहरूका सहायकको विरुद्धमा छौ।
10
तिमीहरूको राजा कहाँ छ, कि त्यसले तिमीहरूलाई बचाउन सकोस्? तिमीहरूका सबै नगरका शासकहरू कहाँ छन्, जसका विषयमा तिमीहरू भन्थ्यौ, ‘हामीलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’?
11
यसैले मेरो रीसमा मैले तिमीहरूलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा मैले त्यसलाई उठाइलगें।
12
एफ्राइमको दोष सञ्चित गरिएको छ। त्यसका पापहरूको लेखा राखिएको छ।
13
स्त्रीको प्रसववेदनाजस्तै त्यसमाथि दु:ख आउनेछ। तर त्यो अज्ञान बालकझैँ छ, जन्मने समय त्यो गर्भको मुखमा आउँदैन।
14
“म तिनीहरूलाई चिहानको शक्तिदेखि मोल तिरेर छुटाउनेछु। म तिनीहरूलाई मृत्युदेखि मुक्त गर्नेछु। ए मृत्यु, तेरा महामारीको प्रकोप कहाँ छ? ए चिहान, तेरो नाश गर्ने शक्ति कहाँ छ?
15
“आफ्ना दाजुभाइहरूका बीचमा त्यसको फलिफाप भयो भने पनि म त्यसप्रति दयालु हुनेछैनँ। परमप्रभुबाट एउटा पूर्वीय बतास मरुभूमितिरबाट बहेर आउनेछ। त्यसको मुहान सुक्नेछ, र त्यसको इनार सुकिजानेछ। त्यसका सबै बहुमूल्य वस्तुको भण्डार लुटिनेछ।
16
सामरियाका मानिसहरूले आफ्नो दोष भोग्नैपर्छ, किनभने तिनीहरू आफ्ना परमेश्वरको विरुद्धमा बागी भएका छन्। तिनीहरू तरवारले ढल्नेछन्। तिनीहरूका बालकहरू भूइँमा लड़ाइएर मारिनेछन्, र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिनेछन्।”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Hosea Commentaries
→
Devotional
Hosea Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→