bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 12
Hosea 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
1
एफ्राइमले बतास खान्छ, त्यसले सारा दिन पूर्वीय बतासलाई खेद्छ। त्यसले निरन्तर झूट र हिंसाको संख्या बढ़ाउँछ। त्यसले अश्शूरसित सन्धि गर्छ, र मिश्रदेशमा जैतूनको तेल पठाउँछ।
2
यहूदाको विरुद्धमा परमप्रभुको एउटा आरोप छ। अनि याकूबलाई तिनका चालअनुसार उहाँले दण्ड दिनुहुनेछ, र तिनका कामअनुसार उहाँले तिनलाई बदला दिनुहुनेछ।
3
गर्भमा तिनले आफ्नो दाजुको कुर्कुच्चो पक्रे, र जवान भएपछि तिनले परमेश्वरसँग लड़न्त गरे।
4
तिनले स्वर्गदूतसित लड़न्त गरे, र उनलाई जिते। तिनी रोए र उनीसित निगाहको निम्ति बिन्ती गरे। तिनले बेथेलमा उहाँलाई भेटे, र उहाँसँग तिनले बातचीत गरे—
5
सर्वशक्तिमान् परमप्रभु परमेश्वरसँगै। उहाँको नाउँ प्रसिद्ध छ।
6
तर तिमीहरू आफ्ना परमेश्वरतिर फर्कनैपर्छ। प्रेम र न्याय कायम राख, र निरन्तर आफ्ना परमेश्वरको प्रतीक्षा गर।
7
व्यापारीले छलको तराजू प्रयोग गर्छ, छल गर्न त्यो मन पराउँछ।
8
एफ्राइमले यस कुराको घमण्ड गर्छ, “म असाध्य धनी छु, म धनाढ्य भएको छु। मेरा सारा धन-सम्पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म पाउनेछैनन्।”
9
“म तेरा परमप्रभु परमेश्वर हुँ। मैले तँलाई मिश्रदेशदेखि ल्याएको छु। तेरा ठहराइएका चाड़का दिनमा झैँ म तँलाई फेरि पालहरूमा बस्न लाउनेछु।
10
मैले अगमवक्ताहरूसित कुरा गरें, तिनीहरूलाई धेरै दर्शनहरू दिएँ, र तिनीहरूद्वारा मैले दृष्टान्तहरू दिएँ।”
11
के गिलाद दुष्ट छ? त्यसका मानिसहरू बेकामका छन्! के तिनीहरू गिलगालमा साँढ़ेहरूको बलि गर्छन्? तिनीहरूका वेदीहरू हलो जोतेका खेतमा ढुङ्गाका रासजस्तै हुनेछन्।
12
याकूब भागेर अरामको देशमा गए। इस्राएलले एउटी पत्नीको निम्ति चाकरी गरे, र त्यसको ज्यालाको निम्ति भेड़ाहरू चराए।
13
परमप्रभुले इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउन एक जना अगमवक्ता प्रयोग गर्नुभयो, र एक जना अगमवक्ताद्वारा उहाँले तिनको हेरचाह गर्नुभयो।
14
तर एफ्राइमले उहाँलाई असाध्यै रीस उठाएको छ। त्यसका परमप्रभुले त्यसले बगाएको रगतको दोष त्यसमाथि रहन दिनुहुनेछ, र त्यसका अवहेलनाको निम्ति उहाँले बदला लिनुहुनेछ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14