bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 2
Hosea 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 3 →
1
“तिमीहरू आफ्ना भाइहरूलाई ‘मेरा मानिसहरू’ र बहिनीहरूलाई ‘मेरा प्रिय’ भन।
2
“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ, किनकि त्यो मेरी पत्नी होइन, र म त्यसको पति होइनँ। त्यसले आफ्नो अनुहारबाट व्यभिचारीको रूप र आफ्नो स्तनहरूका बीचबाट विश्वासघातलाई हटाओस्,
3
नत्रता म त्यसका लुगाहरू उतारेर त्यो जन्मेको दिनमा जस्तै त्यसलाई नाङ्गै पार्नेछु, र खड़ेरी परेको मरुभूमिजस्तै बनाइदिनेछु र तिर्खाले मार्नेछु।
4
त्यसका छोराछोरीहरूमाथि पनि म टिठ्याउनेछैनँ, किनकि तिनीहरू व्यभिचारका सन्तान हुन्।
5
तिनीहरूकी आमाले विश्वासघात गरेकी छ र तिनीहरूलाई अपमानमा गर्भधारण गरेकी छ। त्यसले भनी, ‘मेरा प्रेमीहरूका पछि म लाग्नेछु, जसले मलाई मेरो अन्नपानी, ऊन, सूती कपड़ा, तेल र दाखमद्य दिन्छन्।’
6
यसकारण काँढ़े झाँगले त्यसको बाटो म रोकिदिनेछु, र त्यसलाई पर्खालभित्र थुनिदिनेछु र त्यसले बाटो पाउनेछैन।
7
त्यो आफ्ना प्रेमीहरूका पछिपछि कुद्नेछ, तर त्यसले तिनीहरूलाई भेट्टाउनेछैन। त्यसले तिनीहरूलाई खोज्नेछ, तर तिनीहरूलाई पाउनेछैन। तब त्यसले भन्नेछे, ‘म मेरा पहिलेकै पतिकहाँ फर्केर जानेछु, किनकि त्यस बेला मेरो अवस्था अहिलेको भन्दा असल थियो’।
8
मैले नै त्यसलाई अन्न, नयाँ दाखमद्य र तेल दिएको थिएँ, र मैले नै त्यसमाथि सुन र चाँदी खन्याएको थिएँ भन्ने कुरा त्यसले मानिलिइन— जुन तिनीहरूले बाल देवताको निम्ति प्रयोग गरे।
9
“यसकारण अन्न पाक्दा मेरो अन्न, र नयाँ दाखमद्य तयार हुँदा मेरो दाखमद्य म लगिहाल्नेछु। अनि त्यसको नग्नतालाई ढाक्ने मेरो ऊन र सूती कपड़ा खोसेर लैजानेछु।
10
अब म त्यसकै प्रेमीहरूका नजरको सामु त्यसको छाड़ापन उघार्नेछु, र कसैले त्यसलाई मेरो हातबाट छुटाउनेछैन।
11
म त्यसका सबै उत्सवहरू, त्यसका औंसीका चाड़हरू, त्यसका सबै शबाथ-दिनहरू र त्यसका सबै ठहराएका भोजनहरू रोकिदिनेछु।
12
म त्यसका दाखका बोट र त्यसका अञ्जीरका रूखहरू उजाड़ पारिदिनेछु। तिनका विषयमा त्यसले भनेकी छ, ‘यी मेरा प्रेमीहरूले दिएका मेरा ज्याला हुन्।’ म ती बोटहरूलाई एउटा झाड़ी तुल्याइदिनेछु, र वनजन्तुहरूले ती खाइहाल्नेछन्।
13
बाल देवताहरूका निम्ति धूप हालेकी हुनाले म त्यसलाई दण्ड दिनेछु। त्यस बेला त्यो गरगहना पहिरेर आफ्ना प्रेमीका पछिपछि गई, र मलाई बिर्सेकी थिई,” परमप्रभु घोषणा गर्नुहुन्छ।
14
“यसैकारण अब म त्यसलाई फकाएर मरुभूमिमा लानेछु, र त्यससित मायालु कुरा गर्नेछु।
15
त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फिर्ता गर्नेछु, र आकोरको बेँसीलाई चाहिँ आशाको ढोका तुल्याइदिनेछु। त्यहाँ त्यसले आफ्नो युवावस्थाका दिनमा जस्तै र मिश्रदेशबाट आएको दिनमा झैँ गीत गाउनेछ।
16
परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन तैंले मलाई ‘मेरा पति’ भन्नेछस्, र ‘मेरा मालिक’ भन्नेछैनस्।
17
म बाल देवताहरूका नाउँ त्यसको मुखबाट हटाइदिनेछु, र तिनीहरूका नाउँको उच्चारण फेरि कहिल्यै हुनेछैन।
18
त्यस दिन म तिनीहरूका निम्ति वनका पशुहरू र आकाशका पक्षीहरू र जमिनमा घस्रने जन्तुहरूसित करार बाँध्नेछु। म धनु, तरवार र लड़ाइँ देशबाट दूर गरिदिनेछु, कि सबै सुरक्षासाथ लेट्न सकून्।
19
म तँलाई सधैँको निम्ति मेरी पत्नी तुल्याउनेछु। म धार्मिकता र न्यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्नी तुल्याउनेछु।
20
म तँलाई ईमानदारीमा मेरी पत्नी तुल्याउनेछु, र तैंले परमप्रभुलाई चिन्नेछस्।”
21
परमप्रभु भन्नुहुन्छ, “त्यस दिन म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्वीलाई जवाफ दिनेछ।
22
पृथ्वीले अन्न, दाखमद्य र तेललाई जवाफ दिनेछ, अनि तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।
23
म मेरो आफ्नो निम्ति म त्यसलाई भूमिमा रोप्नेछु। जसलाई मैले “प्रिय नभएकी” भनेको थिएँ, त्यसलाई म दया देखाउनेछु। जसलाई मैले “तिमीहरू मेरा प्रजा होइनौ” भनेको थिएँ, तिनीहरूलाई म “मेरा प्रजा” भन्नेछु। अनि तिनीहरूले भन्नेछन्, ‘तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ’।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14