bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 7
Hosea 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 8 →
1
“जब म मेरा प्रजाको सुदिन फर्काउँछु, जब मेरा मानिसहरूलाई पुनर्स्थापन गर्छु, तब एफ्राइमको भ्रष्टाचार र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्। तिनीहरू झूटा व्यवहार गर्दछन्। चोरहरूले घर फोर्छन्, डाँकूहरूले बाहिर लूटपीट गर्छन्।
2
तर म तिनीहरूका सबै दुष्ट कामहरूलाई याद राख्तछु भनी तिनीहरू विचार गर्दैनन्। तिनीहरूका आफ्नै पापले तिनीहरूलाई घेरेर राखेका छन्। ती कामहरू सधैँ मेरै सामुन्ने छन्।
3
“तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र आफ्ना झूटले राजकुमारहरूलाई खुशी तुल्याउँछन्।
4
तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले गरम पारेका तन्दुरजस्तै छन्, जसको आगो रोटी बनाउनेले मैदा मुछेको समयदेखि नफुलुञ्जेल मिलाउनुपर्दैन।
5
हाम्रा राजाका उत्सवको दिनमा राजकुमारहरू दाखमद्यले मातेर चूर हुन्छन्, र तिनले ठट्टा गर्नेहरूसित हात मिलाउँछन्।
6
तिनीहरू छलसित तिनको अगि जान्छन्। रातभरि तिनीहरूको रीस दन्किरहन्छ, बिहान त्यो बलिरहेको आगोझैँ हुन्छ।
7
तिनीहरू सबै तन्दुरझैँ तातिन्छन्, तिनीहरूले आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिन्छन्, अनि उनीहरूमध्ये कसैले पनि मेरो पुकारा गर्दैन।
8
“एफ्राइम जाति-जातिहरूसँग मिसिन्छ। एफ्राइम एकातिर मात्र पाकेको रोटीजस्तै छ।
9
विदेशीहरूले त्यसको बल नाश पार्छन्, तर त्यसलाई यो थाहा छैन। त्यसका कपालमा फाटफुट फुलेका केश देखिन लागेका छन्, तर त्यसलाई त्यो ख्यालै छैन।
10
इस्राएलको हठले आफ्नै विरुद्धमा गवाही दिन्छ, तर तिनीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कंदैनन्, न उहाँको खोजी गर्छन्।
11
“एफ्राइम बुद्धि नभएको एउटा ढुकुरजस्तै छ— सजिलै छकाउन सकिने र विवेकहीन। अहिले मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अलिपछि अश्शूरमा तिनीहरू जान्छन्।
12
जब तिनीहरू जान्छन्, तब म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु। म तिनीहरूलाई आकाशका पक्षीहरूझैँ तल झार्नेछु। जब तिनीहरू बगालमा उड़ेका देख्नेछु, तब म तिनीहरूलाई पक्रनेछु।
13
धिक्कार तिनीहरूलाई, किनभने तिनीहरू मबाट तर्केर गएका छन्। तिनीहरूको सर्वनाश होस्, किनकि तिनीहरू मेरो विरुद्धमा बागी भएका छन्। तिनीहरूलाई मोल तिरेर छुटाउने मेरो चाहना छ, तर तिनीहरूले मेरो विरुद्धमा झूट बोल्छन्।
14
तिनीहरू हृदयले मेरो पुकारा गर्दैनन्, तर आफ्ना ओछ्यानमा विलाप गर्दछन्। अन्न र नयाँ दाखमद्यका निम्ति तिनीहरू भेला हुन्छन्, तर मदेखि भने मुख फर्काउँछन्।
15
मैले तिनीहरूलाई तालीम दिएँ र बलिया बनाएँ, तर तिनीहरू मेरो विरुद्धमा षड्यन्त्र गर्दछन्।
16
तिनीहरू सर्वोच्चतिर फर्कंदैनन्। तिनीहरू धोका दिने धनुझैँ छन्। तिनीहरूका अगुवाहरू आफ्ना अपमानका वचनले गर्दा तरवारले ढालिनेछन्। यसैको निम्ति मिश्रदेशमा तिनीहरूको ठट्टा हुनेछ।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14