bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 11
Hosea 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
1
“जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्रेम गरें, र मैले आफ्नो पुत्रलाई मिश्रदेशबाट बोलाएँ।
2
तर जति-जति मैले इस्राएललाई बोलाएँ, त्यति-त्यति तिनीहरू मबाट टाढ़ा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढ़ाए, र खोपिएका मूर्तिहरूलाई धूप बाले।
3
एफ्राइमलाई हातमा समातेर हिँड्न सिकाउने त म नै थिएँ। तर मैले तिनीहरूलाई निको पारें भनी तिनीहरूले जानेनन्।
4
मैले तिनीहरूलाई मानिसजातिको मायाको डोरी, प्रेमको बन्धनले बाँधेर डोर्याएँ। तिनीहरूका काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुकें।
5
“के तिनीहरू मिश्रदेशमा फर्केर जानेछैनन्, र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र? किनभने तिनीहरूले पश्चात्ताप गर्न अस्वीकार गरे।
6
तिनीहरूका सहरहरूमा तरवार चल्नेछन्, र तिनीहरूका ढोकाहरूका बारहरू भत्काइदिनेछन्, र तिनीहरूका योजनाको अन्त्य गर्नेछन्।
7
मेरा प्रजाले मबाट फर्किजाने सङ्कल्प गरेका छन्। तिनीहरूले सर्वोच्चलाई पुकारे तापनि उहाँले तिनीहरूलाई उच्च पार्नुहुनेछैन।
8
“ए एफ्राइम, म तँलाई कसरी छोड़िदिन सक्छु र! ए इस्राएल, म तँलाई कसरी दुश्मनका हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमालाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीमलाई झैँ बनाउन सक्छु! मेरो हृदय मभित्र परिवर्तित भएको छ। मेरो मन दयाले जागृत भएको छ।
9
म मेरो प्रचण्ड रीस प्रयोग गर्नेछैनँ। म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्वर हुँ, मानिस होइनँ— तिमीहरूका बीचमा परमपवित्र। म क्रोधमा आउनेछैनँ।
10
तिनीहरूले परमप्रभुलाई पछ्याउनेछन्। उहाँ सिंहझैँ गर्जनुहुन्छ। जब उहाँ गर्जनुहुन्छ, उहाँका बालकहरू थरथर काम्दै पश्चिमबाट आउनेछन्।
11
तिनीहरू मिश्रदेशदेखि चराझैँ र अश्शूरदेखि ढुकुरझैँ थरथर काम्दै आउनेछन्, म तिनीहरूलाई आ-आफ्नै घरमा बसाल्नेछु,” परमप्रभु भन्नुहुन्छ।
12
एफ्राइमले झूट र इस्राएलका घरानाले छलले मलाई घेरेका छन्। यहूदा परमेश्वरको विरुद्धमा, परमपवित्रको विरुद्धमा खड़ा भएको छ।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14