bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 8
Hosea 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 9 →
1
“तुरही फुक! एउटा गरुड परमप्रभुको भवनमाथि उड्दैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा बागी भएका छन्।
2
इस्राएलले मलाई पुकारा गर्छ, ‘हे हाम्रा परमेश्वर, हामी इस्राएलीहरू तपाईंलाई मान्दछौं’।
3
तर जे भलो छ त्यो इस्राएलले इन्कार गरेको छ। एउटा वैरीले त्यसलाई खेद्नेछ।
4
तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू नियुक्त गर्छन्, तिनीहरूले मेरो स्वीकृतिविना भारदारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना लागि मूर्ति बनाउँछन्।
5
ए सामरिया, तेरो बाछाको मूर्ति मिल्काइदे। मेरो रीस तिनीहरूका विरुद्धमा दन्केको छ। तिनीहरू कहिलेसम्म शुद्ध हुनलाई असक्षम रहन्छन्?
6
तिनीहरू इस्राएलका हुन्। यो बाछो कारीगरले बनाएको हो। त्यो त परमेश्वर होइन। सामरियाको त्यो बाछो टुक्रै-टुक्रा पारिनेछ।
7
“तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन्। डाँठमा केही बाला लाग्दैन, तिनीहरूको केही फसल रहनेछैन। त्यो पसाइहाले तापनि विदेशीहरूले त्यो निलिहाल्नेछन्।
8
इस्राएल निलिहालियो। त्यो जाति-जातिहरूका बीचमा निकम्मा वस्तुझैँ भएको छ।
9
वन-गधा एकलै यताउता हिँड़िरहेझैँ तिनीहरू अश्शूरमा गए। एफ्राइमले ज्यालामा आफ्ना प्रेमीहरूसँग आफूलाई बेचेको छ।
10
तिनीहरूले आफैलाई जाति-जातिमा बेचे पनि म अब तिनीहरूलाई एकसाथ जम्मा गर्नेछु। शक्तिशाली राजाको अत्याचारमुनि तिनीहरू कमजोर भएर जानेछन्।
11
“एफ्राइमले पापबलिका धेरै वेदीहरूको संख्या बढ़ाए पनि ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भएका छन्।
12
मैले तिनीहरूका निम्ति धेरै विधिहरू मेरो व्यवस्थामा लेखें, तर तिनीहरूले तिनलाई पराई थोकजस्तै ठाने।
13
मलाई दिइएका बलि तिनीहरू चढ़ाउँछन् अनि मासु तिनीहरू खान्छन्, तर परमप्रभु तिनीहरूसँग खुशी हुनुहुन्न। अब उहाँले तिनीहरूको अधर्म सम्झना गरेर तिनीहरूका पापका निम्ति दण्ड दिनुहुनेछ। तिनीहरू मिश्रदेशमा फर्केर जानेछन्।
14
इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सेर महलहरू बनाएको छ, यहूदाले धेरै सहरमा किल्लाहरू निर्माण गरेको छ। तर म तिनीहरूका सहरहरूमा आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14