bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 4
Hosea 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
1
इस्राएलीहरू हो, परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्दाहरूमाथि परमप्रभुको आरोप छ: “यस देशमा विश्वस्तता छैन, प्रेम छैन र परमेश्वरको मान्यता पनि छैन।
2
यहाँ सराप दिनु, झूट बोल्नु, हत्या, चोरी र व्यभिचार गर्नुबाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नाघेर हत्यामाथि हत्या गर्छन्।
3
यसैकारण यस देशले विलाप गर्छ, र यसमा बस्ने सबै क्षीण हुन्छन्, र वनका जन्तु, आकाशका पक्षी र समुद्रका माछाहरूसमेत पनि मरिरहेछन्।
4
“तर कसैले आरोप नल्याओस्, कसैले कसैलाई दोष नलगाओस्, किनकि तिमीहरूका मानिसहरू पूजाहारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्।
5
तिमीहरू रातदिन ठेस खान्छौ, र अगमवक्ताहरू पनि तिमीहरूसितै ठेस खान्छन्। यसरी तिमीहरूकी आमालाई म नाश गर्नेछु—
6
मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्। “तिमीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले, म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि इन्कार गर्नेछु। तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई बेवास्ता गरेका हुनाले, म पनि तिमीहरूका छोराछोरीको बेवास्ता गर्नेछु।
7
जति-जति पूजाहारीको संख्या बढ्दैगयो, त्यति-त्यति तिनीहरूले मेरो विरुद्धमा पाप गर्दैगए। तिनीहरूले आफ्नो गौरवलाई नीच कुरासँग साटे।
8
तिनीहरू मेरा प्रजाका पापद्वारा पोसिन्छन् र तिनका दुष्ट्याइँ मन पराउँछन्।
9
जस्ता प्रजा त्यस्तै पूजाहारीहरू हुनेछन्। म दुवैलाई तिनीहरूका चालको निम्ति सजाय दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।
10
“तिनीहरूले खान त खानेछन् तर अघाउनेछैनन्। तिनीहरूले वेश्यावृत्ति गर्नेछन्, तर तिनीहरूको संख्या बढ्नेछैन, किनभने वेश्यावृत्तिमा मन लगाउनलाई तिनीहरूले परमप्रभुलाई छोड़ेका छन्।
11
पुरानो दाखमद्य र नयाँ दाखमद्यतिर तिनीहरू लागेका छन्, जसले मेरा प्रजाको समझलाई नष्ट गर्दछन्।
12
तिनीहरूले आफ्ना काठका मूर्तिसित सल्लाह लिन्छन्, र तिनीहरूले काठको लहुरोले जवाफ पाउँछन्। वेश्यावृत्ति गर्ने आत्माले तिनीहरूलाई भ्रममा पार्छ, र तिनीहरू आफ्ना परमेश्वरप्रति अविश्वासी भएका छन्।
13
तिनीहरू पर्वतका टाकुराहरू हुँदो बलि चढ़ाउँदछन्, र असल छायाँ दिने फलाँट, लहरे-पीपल र तारपीनका रूखमुनि डाँड़ाहरूमा धूप बाल्छन्। यसकारण तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्, र तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन्।
14
“तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा लागे पनि म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ, र व्यभिचार गर्दा तिमीहरूका बुहारीहरूलाई म दण्ड दिनेछैनँ, किनभने पुरुषहरू आफै पनि वेश्यातिर लागेका छन्, र देवदासीहरूसित बलिदान चढ़ाउँदछन्। समझविनाका मानिसहरूको नाश हुने नै छ।
15
“ए इस्राएल, तैंले व्यभिचार गरे तापनि यहूदा दोषी नहोस्। तिमीहरू गिलगालमा नजाओ, न बेथ-आवनमा जाओ, न ‘परमप्रभु जिउँदो भएझैँ’ भनेर शपथ खाओ।
16
हठी कोरलीझैँ इस्राएलीहरू ढीट छन्। तब कसरी परमप्रभुले तिनीहरूलाई चरनमा थुमालाई चराएझैँ चराउनुहुनेछ र?
17
“एफ्राइम मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोड़िदेओ।
18
तिनीहरूको मद्य शेष भइसक्दा पनि तिनीहरू वेश्यावृत्तिमा लागि नै रहन्छन्। तिनीहरूका शासकहरू अपमानका कामहरू रुचाउँछन्।
19
आँधीले तिनीहरूलाई बेहेरेर लैजानेछ, र तिनीहरू आफ्ना बलिदानको कारणले गर्दा लज्जित हुनेछन्।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14