bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 6
Hosea 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
1
“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ।
2
दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुन: खड़ा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।
3
आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”
4
“ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोजस्तै र सखारैको बितिजाने शीतजस्तै छ।
5
यसैकारण मैले तिमीहरूलाई मेरा अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु। मैले तिमीहरूलाई मेरा मुखको वचनद्वारा घात गरेको छु। मेरो न्याय तिमीहरूमाथि बिजुलीजस्तै चम्किएको छ।
6
किनभने म बलिदान होइन, दया चाहन्छु, र होमबलिभन्दा परमेश्वरको मान्यता अझ बढ़ी चाहन्छु।
7
तिनीहरूले त आदमले झैँ करार भङ्ग गरेका छन्। त्यहाँ तिनीहरूले मेरो विरुद्धमा विश्वासघातको व्यवहार गरे।
8
गिलाद दुष्ट मानिसहरूको सहर हो। त्यो रगतका पाइलाहरूले भरिएको छ।
9
जसरी लूटपीट गरिहिँड्नेहरू मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पूजाहारीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। तिनीहरूले निर्लज्ज अपराध गर्दछन्।
10
इस्राएलको घरानामा मैले एक घिनलाग्दो कुरो देखेको छु। एफ्राइमलाई वेश्यावृत्ति दिइएको छ र इस्राएल दूषित पारिएको छ।
11
ए यहूदा, तेरो निम्ति पनि कटनी तोकिएको छ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14