bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hosea 5
Hosea 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 6 →
1
“हे पूजाहारी हो, यो कुरा सुन! हे इस्राएलीहरू हो, ध्यान दिएर सुन! हे राजाको घराना हो, ध्यानसित सुन! यो न्यायको फैसला तिमीहरूको विरुद्धमा छ। तिमीहरू मिस्पामा पासो र तबोरमा फिँजाएको जाल भएका छौ।
2
बागीहरू मारकाटमा निकै फसेका छन्। म तिनीहरू सबैलाई अनुशासनमा ल्याउनेछु।
3
म एफ्राइमको विषयमा सबै कुरा जान्दछु, र इस्राएल मबाट लुकेको छैन। हे एफ्राइम तँ वेश्यावृत्तितिर लागेको छस्। इस्राएल भ्रष्ट भएको छ।
4
तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्ना परमेश्वरतिर फर्कन दिँदैनन्। वेश्यावृत्तिको मन तिनीहरूका हृदयमा छ, र तिनीहरूले परमप्रभुलाई मान्यता दिँदैनन्।
5
“इस्राएलका अहङ्कारले आफ्नै विरुद्धमा गवाही दिन्छ। इस्राएल र एफ्राइम पनि आ-आफ्ना पापमा ठक्कर खान्छन्। यहूदाले पनि तिनीहरूसँगै ठक्कर खानेछ।
6
जब तिनीहरू आफ्ना भेड़ाबाख्रा र गाई-गोरुका बगाल लिएर परमप्रभुलाई खोज्न जान्छन्, तब तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनुभएको छ।
7
तिनीहरू परमप्रभुप्रति विश्वासघाती भएका छन्। तिनीहरूले बतासे छोराछोरीहरू जन्माएका छन्। अब औंसीका चाड़हरूले तिनीहरू र तिनीहरूका खेतहरूसमेत तिनीहरूलाई नाश गर्नेछन्।
8
“गिबामा तुरही र रामामा बिगुल फुक। बेथ-आवनमा युद्ध-ध्वनि उठाओ। ए बेन्यामीन, अगुवाइ गर।
9
न्यायको दिनमा एफ्राइम उजाड़ पारिनेछ। जे कुरो निश्चित हुन्छ, त्यो इस्राएलका कुलका बीचमा म घोषणा गर्दछु।
10
यहूदाका अगुवाहरू साँधसिमानाका ढुङ्गा सार्नेहरूजस्ता छन्। म मेरो क्रोध तिनीहरूमाथि पानीको भलझैँ खन्याउनेछु।
11
एफ्राइम थिचोमिचोमा परेको छ, न्यायमा त्यो कुल्चीमिल्ची भएको छ, मूर्तिकोपछि हिँड्नलाई त्यसले अठोट गरेको छ।
12
यसैले म एफ्राइमको निम्ति राती उड्ने पुतलीझैँ र यहूदाका घरानाको निम्ति क्षयतुल्य छु।
13
“जब एफ्राइमले आफ्नो रोग देख्यो र यहूदाले आफ्ना घाउ, तब एफ्राइमले अश्शूरका ठूला राजाकहाँ सहायताको लागि मानिस पठायो। तर त्यसले तँलाई निको पार्न सक्दैन, त्यसले तेरा चोटलाई निको पार्न सक्नेछैन।
14
किनकि म एफ्राइमको निम्ति एउटा सिंहझैँ र यहूदाको निम्ति एउटा ठूलो सिंहझैँ हुनेछु। तिनीहरूलाई टुक्रा-टुक्रा पारेर म बाटो लाग्नेछु, म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।
15
जबसम्म तिनीहरूले आफ्ना दोष स्वीकार गर्दैनन्, तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु। तिनीहरूले मेरो अनुहार खोज्नेछन्। आफ्नो कष्टमा तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14