bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 10
Proverbs 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
1
बुद्धिमान् छोराले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।
2
अन्यायसँग कमाएको धनको केही मूल्य हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
3
परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ।
4
अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्।
5
ग्रीष्म ऋतुमा अन्न जोहो गर्ने छोरा बुद्धिमान् हो, तर जो फसलको बेला सुत्छ त्यो बेइज्जत ल्याउने छोरो हो।
6
धर्मात्माको शिरमाथि आशिष्को मुकुट रहन्छ, तर दुष्टको मुखमा हिंसा छिपेको हुन्छ।
7
धर्मीको सम्झना गर्नु आशिष्मय हुनेछ, तर दुष्टको नाउँचाहिँ सड़ेर जानेछ।
8
हृदयमा बुद्धिमान् हुनेले आज्ञाहरू स्वीकार गर्छ, तर बकबके मूर्ख सर्वनाशमा पुग्छ।
9
ईमानदार मानिस निर्धक्क हिँड्छ। तर टेढ़ो चाल चल्ने पक्राउ पर्नेछ।
10
द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक ल्याउँछ, अनि बकबके मूर्ख सर्वनाशमा पुग्छ।
11
धर्मात्माको मुख जीवनको फुहारा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ।
12
घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ
13
विवेकशील मानिसहरूका ओठमा बुद्धिको कुरा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको मानिसको लागि हो।
14
बुद्धिमान् मानिसले ज्ञान सञ्चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्त्याउँछ।
15
धनीको धन नै तिनीहरूका निम्ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ।
16
धर्मीको ज्यालाले तिनीहरूमा जीवन ल्याउँछ, तर दुष्टको आम्दानीले दण्ड ल्याउँछ।
17
जसले अनुशासन पालन गर्छ, त्यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्ता गर्नेले अरूलाई पनि बहकाउँछ।
18
जसले आफूमा घृणा लुकाएर राख्छ, त्यसको जिब्रो छली हुन्छ, र जसले अपवाद फैलाउँछ, त्यो मूर्ख हो।
19
जब कुरा बढ्ता गरिन्छ, पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई वशमा राख्छ, त्यो बुद्धिमान् हो।
20
धर्मात्माको जिब्रो निखुर चाँदी हो, तर दुष्टको हृदय भने बेकामको हुन्छ।
21
धर्मीका ओठले धेरैलाई तृप्त गराउँछन्, तर बुद्धिको अभावले नै मूर्खहरू मर्छन्।
22
परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दु:ख थप्नुहुन्न।
23
मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ।
24
आतङ्कित बनेको कुरा नै दुष्टमाथि आइपर्नेछ। धर्मीले इच्छा गरेको कुरा मन्जूर गरिनेछ।
25
जब आँधीबेहरी मड़ारिएर आउँछ, दुष्टहरू रहँदैनन्, तर धर्मात्माचाहिँ अनन्तसम्मै स्थिर रहन्छन्।
26
सिर्काले दाँत कुँड़िए र धूवाँले आँखा पिरिएझैँ, अल्छी गर्ने मानिस आफूलाई पठाउनेको निम्ति त्यस्तै हुनेछ।
27
परमप्रभुको डरले जीवनको आयु थपिन्छ, तर दुष्टको आयु घटाइन्छ।
28
धर्मीको आशाले हर्षित तुल्याउँछ, तर दुष्टका आशाहरू फासफुस हुन्छन्।
29
परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो, तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो।
30
धर्मात्मा कहिल्यै उखेलिनेछैन, तर दुष्ट मानिस पृथ्वीमा रहनेछैन।
31
धर्मीको मुखबाट बुद्धिको कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ।
32
धर्मात्माका ओठले ग्रहणयोग्य कुरा जान्दछन्, तर दुष्टको मुखले बाङ्गोटिङ्गो कुरा मात्रै गर्दछ।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31