bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 23
Proverbs 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 24 →
1
जब तँ शासकसँग भोजन गर्न बस्छस्, तेरो सामुन्ने जे राखिएको छ त्यो राम्ररी याद गर्,
2
यदि तेरो खन्चुवा बानी छ भने, तेरो घाँटीमा चक्कू राख्।
3
तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्यो भोजन छकाउने हुन्छ।
4
धनी बन्न आफूलाई बेसरी नघोट्, बुद्धिमानी बनी संयम गर्।
5
धनको एक झलक पाइन्छ, र त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्यो उड़ेर जानेछ।
6
कन्जुस मानिसको भोजन नखा, त्यसको मीठो भोजनको लोभ नगर्,
7
किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्छ। त्यसले तँलाई “खानुहोस्, पिउनुहोस्” भन्छ, तर त्यसको मन तँसित हुँदैन।
8
तैंले त्यो थोरै खाएको पनि उकेलिदिनेछस्, र त्यसलाई तैंले गरेको अभिवादन त्यसै खेर जानेछ।
9
मूर्खसँग कुरा नगर्, किनभने त्यसले तेरा वचनहरूका बुद्धिको तिरस्कार गर्नेछ।
10
प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्,
11
किनभने तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ। उहाँले तेरो विरुद्ध तिनीहरूको मामिला उठाउनुहुनेछ।
12
तेरो हृदय अर्तीतिर लगा, र तेरा कान ज्ञानका वचनतिर लगा।
13
बालकलाई ताड़ना दिन नरोक्। तैंले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजानेछैन।
14
बेत लगाएर त्यसलाई सजाय दे, र त्यसको प्राण मृत्युदेखि बचा।
15
हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान् छ भने, मेरो हृदय खुशी हुनेछ।
16
मेरो अन्तस्करण त्यस बेला रमाउनेछ, जब तेरो ओठले उचित कुरा बोल्दछ।
17
तेरो हृदयलाई पापीहरूको डाह गर्न नदे, तर परमप्रभुका भयको निम्ति उत्सुक भइरह।
18
निश्चय नै भविष्यमा तेरो निम्ति आशा छ, र तेरो आशा व्यर्थ जानेछैन।
19
हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्, र तेरो हृदय ठीक मार्गमा राख्।
20
बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्म मासु हसुर्नेहरूसँग सङ्गत नगर्,
21
किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्छन्।
22
तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए, र आफ्नी आमा वृद्ध हुँदा उनको हेला नगर्।
23
सत्य किन् र त्यो बिक्री नगर्। बुद्धि, अनुशासन र समझदारी प्राप्त गर्।
24
धर्मी मानिसको बुबा असाध्यै आनन्दित हुन्छ, बुद्धिमान् छोरा आफ्ना बुबामा प्रसन्न रहन्छ।
25
तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्म दिने आमाले रमाहट गरून्।
26
हे मेरो छोरा, तेरो हृदय मलाई दे, र तेरा आँखाले मेरा बाटो पालन गरून्,
27
किनभने वेश्या एक गहिरो खाड़ल हो, र व्यभिचारिणी स्त्री एक साँघुरो इनार हो।
28
त्यो डाँकूझैँ ढुकिबस्छे, र मानिसहरूका माझमा अविश्वासीहरूको सख्ंया बढ़ाउँछे,
29
कष्ट कसलाई हुन्छ? शोक कसलाई हुन्छ? कलह कसलाई हुन्छ? गुनासो कसलाई हुन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू रगतजस्ता राता हुन्छन्?
30
तिनीहरूकै जो मद्यमै भुलिरहन्छन्, जुनहरू मिश्रित मद्यको प्याला चाख्न जान्छन्।
31
रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्यो कचौरामा राख्दा फीँज उठ्छ, जब त्यो सहजै उँधो जान्छ!
32
अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ।
33
तेरा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तेरो मनले अलमल्याउने कुराहरू विचार गर्नेछ।
34
महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्तूलका डोरीको मास्तिर झुण्डिरहेझैँ तँ हुनेछस्।
35
तैंले भन्नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्दैन! तिनीहरू मलाई पिट्छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्यूझुँला, र म अझ पिउन सक्नेछु?”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31