bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 22
Proverbs 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 23 →
1
धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो।
2
धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ।
3
बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ।
4
नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।
5
दुष्टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढ़ै रहन्छ।
6
बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
7
धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
8
दुष्टता रोप्नेले सङ्कष्टको कटनी गर्छ, र त्यसको झोँकको लट्ठी नष्ट हुनेछ।
9
उदार मानिसले आफै पनि आशिष् पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरीबलाई बाँड्छ।
10
गिल्ला गर्नेलाई बाहिर निकालिदिनू, र खिचोला मेटिन्छ, कलह र अपमान टुङ्गिन्छन्।
11
जसले हृदयको शुद्धता रुचाउँछ र जसको बोलीवचन अनुग्रहसहितको छ, त्यसको लागि राजा पनि मित्र हुनेछ।
12
परमप्रभुको आँखाले ज्ञानको हेरचाह गर्छ, तर अविश्वासीका वचनहरूलाई उहाँले विफल गराउनुहुन्छ।
13
अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ!” अथवा “गल्लीहरूमा गएँ भने मेरो हत्या हुनेछ।”
14
व्यभिचारिणीको मुख एक गहिरो खाड़ल हो। परमप्रभुको क्रोधमा पर्नेहरू त्यसभित्र जाकिनेछन्।
15
बालकको हृदय मूर्खताको बन्धनले जेलिएको हुन्छ, तर ताड़नाको बेतले उसबाट त्यो टाढ़ा भाग्नेछ।
16
आफ्नो सम्पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्यक्ति दरिद्र बन्छन्।
17
बुद्धिमान्का उखानहरूमा ध्यान दिएर सुन्, र मैले सिकाएका कुराहरूमा तेरो मन लगा,
18
किनभने ती कुराहरू तेरो हृदयमा राखिस् भने, अनि ती सबै तेरा ओठमा तयार रहन्छन् भने त्यो मनोहर हुन्छ।
19
तेरो भरोसा परमप्रभुमा होस् भनेर यो कुरा आज म तँलाई सिकाउँछु, अँ, तँलाई नै सिकाउँछु।
20
के मैले तेरो लागि तीस वटा नीति-वचन लेखिदिएको होइनँ र— सल्लाह र ज्ञानका वचनहरू?
21
आफूलाई पठाउनुहुनेकहाँ तैंले उचित जवाफहरू दिन सक् भनेर मैले तँलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइनँ र?
22
तिनीहरू असहाय छन् भन्दैमा गरीबमाथि शोषण नगर्, र दीन-हीनलाई अदालतमा पेल्ने काम नगर्,
23
किनभने परमप्रभुले तिनीहरूको मुद्दा आफ्नो हातमा लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुनेछ।
24
गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्,
25
नत्रता त्यसको चाल तैंले सिक्लास्, र आफै पासोमा पर्लास्।
26
बन्धकमा आफ्नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्।
27
यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।
28
प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्।
29
आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ। त्यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31