bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 30
Proverbs 30
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
1
याकेका छोरा आगूरका नीतिवचन— एक ईश्वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:
2
मानिसहरूमध्ये म सबभन्दा अबूझ हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन।
3
मैले बुद्धि प्राप्त गरेको छैनँ, न त मलाई परमपवित्रको ज्ञान नै छ।
4
स्वर्गसम्म को उक्लेको छ र तल ओर्लेर आएको छ? कसले बतासलाई आफ्नो हातको मुट्ठीमा बटुलेको छ? कसले पानीलाई आफ्नो खास्टोमा लपेटेको छ? पृथ्वीका चारैतिरको अन्तसम्म कसले स्थापित गरेको छ? उहाँको नाउँ के हो, र उहाँका पुत्रको नाउँ के हो? यदि तँलाई थाहा छ भने मलाई भन्!
5
“परमेश्वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।
6
उहाँका वचनहरूमा नथप्, नत्रता उहाँले तँलाई हप्काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ।
7
“म तपाईंसँग दुई वटा कुरा माग्दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्कार नगर्नुहोस्।
8
असत्यता र झूटा कुरा मबाट टाढ़ै राख्नुहोस्, न त मलाई दरिद्रता न धन-सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्।
9
अन्यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्कार गरुँला, र ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्वरको नाउँ अपमानित पारुँला।
10
“मालिकको सामु त्यसका नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्नेछ, र तैंले यसको मूल्य चुकाउनुपर्नेछ।
11
“यस्ताहरू पनि हुन्छन् जुनहरू आफ्ना बुबालाई सराप्छन्, र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्,
12
तिनीहरू जो आफ्नै दृष्टिमा शुद्ध हुन्छन् तर आफ्नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्,
13
तिनीहरू जसका आँखाहरू अति घमण्डी हुन्छन्, जसको हेराइ अति घृणायुक्त हुन्छ,
14
तिनीहरू जसका दाँत तरवारहरू हुन् र जसका बङ्गारा छुरा समान हुन्छन्।
15
“जूकाका दुई छोरीहरू छन्। ‘देऊ! देऊ!’ भन्दै तिनीहरू चिच्च्याउँछन्। “तीन कुरा छन् जो कहिल्यै सन्तुष्ट हुँदैनन्, चार वटा जसले ‘पुग्यो’ कहिल्यै भन्दैनन्:
16
चिहान र बाँझी गर्भ, र जमिन, जो पानीले कहिल्यै अघाउँदैन, र आगो, जसले ‘पुग्यो’ कहिल्यै भन्दैन।
17
“त्यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।
18
“तीन वटा कुराहरू छन्, जो मेरो निम्ति साह्रै अचम्मका छन्, चार वटा जो म बुझ्नै सक्दिनँ:
19
आकाशमा गरुडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल, र तरुणीसँग पुरुषको चाल।
20
“व्यभिचारिणीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, र त्यसपछि भन्छे, ‘मैले केही गल्ती गरेकै छैनँ।’
21
“तीन वटा कुराबाट पृथ्वी काम्छ, चार वटा कुरा जुन त्यसले खप्नै सक्दैन:
22
चाकर राजा भएको, मूर्ख टन्न अघाएको,
23
माया नपाएकी स्त्रीले विवाह गरेकी, चाकर्नी जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको ठाउँमा बस्छे।
24
“पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान् हुन्छन्:
25
कमिला थोरै बल भएका प्राणी हुन् तापनि ग्रीष्म ऋतुमा नै तिनीहरू आफ्नो भोजन सञ्चय गर्छन्,
26
शापन थोरै शक्ति भएका प्राणी हुन् तापनि पहरामा तिनीहरू आफ्नो घर बनाउँछन्,
27
सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्छन्,
28
छेपारालाई हातले पक्रन सकिन्छ तापनि राजाको महलमा यो पाइन्छ।
29
“तीन वटा कुरा छन् जो आफ्नो हिँड़ाइमा रवाफिला हुन्छन्, चार जुन शानसँग यताउता हिँड्छन्:
30
सिंह पशुहरूमध्ये बलिष्ठ हुन्छ, जो कुनै कुराअगि हच्कँदैन,
31
शानदार हिँड्ने कुखुराको भाले, र बोका, अनि सेना आफ्नो वरिपरि राखेर हिँड्ने राजा।
32
“यदि तैंले मूर्ख चाल चलेर आफैलाई फुर्काइस् भने, वा तैंले खराबीको योजना गरेको छस् भने, तेरो मुखमा हात राखिहाल्!
33
किनभने दूध मथेर घिउ निस्कन्छ, र नाक माड्यो भने जसरी रगत निस्कन्छ, त्यसरी नै रीस उठाउनाले झगड़ा उत्पन्न हुन्छ।”
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31