bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 16
Proverbs 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
1
हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ।
2
मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्ला, तर त्यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्छन्।
3
तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।
4
परमप्रभुले सबै कुरा उहाँको आफ्नै उद्देश्यका लागि बनाउनुहुन्छ, दुष्टलाई समेत विनाशको दिनको लागि उहाँले राख्नुभएको छ।
5
परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घिनाउनुहुन्छ, यो निश्चय छ, तिनीहरू दण्डरहित रहनेछैनन्।
6
प्रेम र विश्वासयोग्यताद्वारा पापको प्रायश्चित हुन्छ, परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्छ।
7
जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ।
8
धार्मिकतासित थोरै हुनु अन्यायसँग धेरै लाभ भएको भन्दा उत्तम हो।
9
मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ।
10
राजाका ओठले दिव्यवाणी बोल्दछ, र तिनको मुखले न्यायलाई आघात पुर्याउनुहुँदैन।
11
ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो।
12
राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।
13
राजाहरू ईमानदार ओठसँग प्रसन्न हुन्छन्, सत्य बोल्ने मानिसलाई तिनीहरू कदर गर्छन्।
14
राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यो शान्त गराउँछ।
15
जब राजाको मुहार उज्यालो हुन्छ, यसको अर्थ जीवन हुन्छ। तिनको निगाह वसन्त ऋतुका झरीको बादलजस्तै हो।
16
सुनभन्दा बुद्धि प्राप्त गर्नु, र चाँदीभन्दा त बरु समझदारी चुन्नु कत्ति उत्तम हुन्छ।
17
ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्छ। जसले आफ्नो बाटोको रखवाली गर्छ, त्यसले आफ्नो जीवनको रखवाली गर्छ।
18
सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ।
19
आत्मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्नुभन्दा उत्तम हो।
20
उपदेशलाई ध्यान दिने मानिस फल्दो-फुल्दो हुन्छ, र परमप्रभुमा भरोसा राख्ने मानिसले आशिष् पाउनेछ।
21
हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्।
22
समझदारी हुनेको निम्ति त्यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्ड ल्याउँछ।
23
बुद्धिमान्को हृदयले आफ्नो मुख सम्हाल्छ, र त्यसका ओठले शिक्षा बढ़ाउँछन्।
24
मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ, र हड्डीहरू निको पार्छ।
25
कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
26
परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लाउँछ, त्यसको भोकले त्यसलाई कजाउँछ।
27
बदमाशले खराबी रच्दछ, अनि त्यसको बोलीवचन प्रखर आगोझैँ हुन्छ।
28
कुटिल मतिको मानिसले विवाद उत्पन्न गराउँछ, र कुरौटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
29
उपद्रवी मानिसले आफ्नो छिमेकीलाई फसाउँछ, र त्यसले उसलाई खराब बाटोतिर लैजान्छ।
30
आफ्नो आँखा झिम्क्याउनेले षड्यन्त्र रचेको हुन्छ, आफ्ना ओठ लेब्र्याउनेको स्वभाव खराब हुन्छ।
31
फुलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट यो प्राप्त हुन्छ।
32
मानिस धैर्यवान् हुनु लड़ाका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो।
33
सप्कोमा चिट्ठा त हालिन्छ, तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31