bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 5
Proverbs 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 6 →
1
हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे, र मेरा अन्तर्दृष्टिका वचनहरू ध्यानसित सुन्।
2
यसरी तैंले विवेकलाई कायम राख्नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ।
3
किनभने व्यभिचारी स्त्रीको ओठबाट मह चुहुन्छ, र त्यसको बोलीचाहिँ तेलभन्दा चिप्लो हुन्छ।
4
तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे।
5
त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको पाइला सोझै पातालतिर लागेको हुन्छ।
6
त्यसले जीवनको मार्गतिर ध्यानै दिँदिन, त्यसको चाल कुटिल छ, तापनि यो कुरा त्यसले थाहा गर्दिन।
7
अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग।
8
त्यस्ती स्त्रीदेखि टाढ़ा बस, त्यसको घरको ढोका नजिक नजाओ।
9
नत्रता तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ, र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ,
10
विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ।
11
जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्।
12
तब तिमीहरूले भन्नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें, र सुधार र हप्कीलाई मेरो हृदयबाटै लत्याएँ।
13
मैले मेरा गुरुहरूको आज्ञापालन गरिनँ, र मेरा प्रशिक्षकहरूको कुरामा ध्यानै दिइनँ।
14
म पूरै सर्वनाशको खाड़लमा आइपुगेको छु, र सारा समुदायको सामु निन्दित भएको छु।”
15
आफ्नै कुण्डको पानी, र आफ्नै कूवाबाट बगेको पानी पी।
16
के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्न दिने?
17
त्यो तेरै निम्ति मात्र होस्। पराई त्यसको हिस्सेदार पटक्कै हुन नपाओस्
18
तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्थाकी पत्नीसित तँ आनन्दित हो।
19
मयालु मृगी र राम्री हरिणीझैँ, त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसकै प्रेममा मोहित भइरहेस्।
20
हे मेरो छोरो, तँ किन वेश्याको मोहमा फस्छस्? तँ किन अर्काकी पत्नीलाई आलिङ्गन गर्छस्?
21
किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ, र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ।
22
दुष्ट मानिसको खराब कामले त्यसलाई पासोमा पार्छ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।
23
अनुशासनको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भर्माउनेछ।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31