bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 15
Proverbs 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 16 →
1
नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।
2
बुद्धिमान्को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ।
3
परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ।
4
निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ।
5
मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ, तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।
6
धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले दु:ख ल्याउँछ।
7
बुद्धिमान्का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्यस्तो हुँदैन।
8
दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर ईमानसँग चल्नेको प्रार्थनादेखि उहाँ प्रसन्न हुनुहुन्छ।
9
दुष्ट मानिसको मार्ग परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँ प्रेम गर्नुहुन्छ।
10
आफ्नो मार्ग त्याग्नेले कठोर ताड़ना भोग्नुपर्छ, जसले सुधारलाई घृणा गर्छ त्यो मर्नेछ।
11
मृत्यु र विनाश परमप्रभुको सामुन्ने खुलस्त छन् भने, मानिसको हृदय झन् कत्ति खुलस्त होला।
12
खिल्ली उड़ाउनेले सुधारलाई निको मान्दैन, त्यसले बुद्धिमान्को सल्लाह लिँदैन।
13
आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ।
14
विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ।
15
थिचोमिचोमा परेकाहरूका अवहेलित जीवन दिनहुँ दु:खको हुन्छ, तर आनन्दित हृदय सधैँ सुखी हुन्छ।
16
होहल्लाको साथ प्रशस्तै धन हुनुभन्दा थोरै धनसित परमप्रभुको भय राख्नु उत्तम हो।
17
द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो।
18
गरम मिजासको मानिसले कलह मच्चाउँछ, तर धैर्यवान् मानिसले झैँझगड़ा शान्त गराउँछ।
19
अल्छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो।
20
बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ।
21
समझ नभएको मानिस मूर्खतामा प्रसन्न रहन्छ, तर समझशक्ति भएको मानिस सीधै आफ्नो लक्ष्यतिर बढ्छ।
22
परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।
23
उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ।
24
जीवनको मार्गले बुद्धिमान्लाई उँभोतिर डोर्याउँछ, त्यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ।
25
परमप्रभुले अहङ्कारी मानिसको घर भत्काइदिनुहुन्छ, तर विधवाको साँधसिमाना उहाँले अखण्ड राख्नुहुन्छ।
26
परमप्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्न हुनुहुन्छ।
27
लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्यो जिउनेछ।
28
धर्मीको हृदयले जवाफ दिन अघि त्यसलाई जोख्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ।
29
परमप्रभु दुष्टदेखि टाढ़ै रहनुहुन्छ, तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ।
30
हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँछ, र शुभ-समाचारले हड्डीलाई स्वस्थ पार्छ।
31
जसले जीवन दिने हप्की सुन्छ, त्यसले बुद्धिमान्हरूका माझमा सङ्गत पाउँछ।
32
अनुशासनलाई बेवास्ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति प्राप्त गर्छ।
33
परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31