bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 28
Proverbs 28
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 29 →
1
कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीचाहिँ सिंहजस्तै आँटिला हुन्छन्।
2
जब देश बागी बन्छ, त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्छ।
3
गरीबमाथि थिचोमिचो गर्ने शासक अन्न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्तै हो।
4
व्यवस्था त्याग्नेहरूले दुष्टहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।
5
दुष्ट मानिसहरू न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले यसलाई पूर्ण रूपले बुझ्दछन्।
6
गरीब भए तापनि कलङ्करहित भई हिँड्नु कुटिल मतिको बाटोमा लागेको धनीभन्दा असल हो।
7
व्यवस्था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्चुवाको सङ्गत गर्नेले आफ्ना बुबामाथि बेइज्जत ल्याउँछ।
8
अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढ़ाउँछ, त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्नेछ।
9
यदि कसैले व्यवस्थाप्रति आफ्नो कान बन्द गर्छ भने, त्यसका प्रार्थनाहरूसमेत घृणित हुन्छन्।
10
ईमानसँग चल्नेलाई जसले खराब बाटोतिर लैजान्छ, त्यसको आफ्नै पासोमा त्यो फस्नेछ। तर निर्दोषले पर्याप्त अंश पाउनेछ।
11
धनी मानिस आफ्नै नजरमा बुद्धिमान् हुन सक्छ, तर विवेक भएको गरीब मानिसले त्यसलाई छर्लङ्गै देख्छ।
12
धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्छ, तर दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
13
आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
14
परमप्रभुसँग सधैँ डराउने मानिस धन्यको हो, तर आफ्नो हृदय कठोर पार्ने मानिस सङ्कष्टमा पर्छ।
15
गर्जने सिंह वा झम्टने भालूजस्तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट मानिस हो।
16
निर्दयी शासकमा बुद्धिको अभाव हुन्छ, तर भ्रष्टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ।
17
हत्याको दोषले व्याकुल भएको मान्छे मृत्युसम्मै फरार रहनेछ। कसैले पनि त्यसको समर्थन नगरोस्।
18
जसको हिँड़ाइ निर्दोष छ, त्यो सुरक्षित रहन्छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्।
19
आफ्नो जमिन खनजोत गर्नेको प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दौड्नेहरू दरिद्रताले भरिन्छन्।
20
विश्वसनीय मानिसले बेसरी आशिष् पाउनेछ, तर धनी हुनलाई व्यग्र बन्नेहरू दण्डविना रहनेछैन।
21
पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ।
22
कन्जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन।
23
फुर्क्याउने जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्त गर्नेछ।
24
आफ्नो बुबा वा आमालाई लुटेर “यो गल्ती होइन” भन्ने छोरा बरबाद पार्नेको साझेदार हो।
25
लोभी मानिसले कलह मच्चाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ।
26
आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ।
27
जसले गरीबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्लन्छ, त्यसले धेरै श्राप पाउनेछ।
28
दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्, तर जब दुष्टको नाश हुन्छ, धर्मी मौलाउँछन्।
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31