bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 18
Proverbs 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 19 →
1
अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्यसले सबै उचित ठहरको खुला विरोध गर्छ।
2
मूर्खले समझदारीमा सन्तुष्टि पाउँदैन, तर आफ्नै विचारहरू पोख्न पाए त्यो प्रसन्न हुन्छ।
3
जब दुष्टता आउँछ, तब अवहेलना पनि आउँछ। शर्मको साथसाथै अपमान पनि आइपर्छ।
4
मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्बुले खोला हो।
5
दुष्टको पक्ष लिनु, अथवा निर्दोषलाई न्यायबाट वञ्चित गराउनु राम्रो होइन।
6
मूर्खका ओठले आफैमाथि कलह ल्याउँछन्, र त्यसको मुखले पिटाइ निम्त्याउँछ।
7
मूर्खको मुख नै त्यसको सर्वनाश हो, अनि त्यसका ओठचाहिँ आफ्नै प्राणको पासो हुन्छन्।
8
कुरौटेका वचनहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्।
9
आफ्नो काम गर्नमा ढिलो गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो।
10
परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्यहाँ दगुर्दै जान्छन् र सुरक्षित हुन्छन्।
11
धनीको सम्पत्ति नै तिनीहरूको लागि किल्लाबन्दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्नै नसकिने पर्खाल ठान्छन्।
12
आफ्नो पतनको अघि मानिसको हृदय घमण्डी हुन्छ, तर आदर आउन अघि नम्रता आउँछ।
13
जसले सुन्न अघि नै जवाफ दिन्छ, त्यो त्यसको मूर्खता र शर्म हो।
14
मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर चूर्ण भएको आत्माको पीडा कसले सहन सक्ला?
15
विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ।
16
उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, र त्यसलाई महान् व्यक्तिको उपस्थितिमा पुर्याउँछ।
17
दोस्रो व्यक्ति अघि सरेर प्रश्नहरू नगरुञ्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठीक देखा पर्छ।
18
गोला हाल्नाले कलह थामिन्छ, र बलिया प्रतिद्वन्द्वीहरू अलग हुन्छन्।
19
किल्लाबन्दी गरिएको सहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह्रो हो, र कलहहरूचाहिँ आग्लो लाएको किल्लाका ढोकाहरूजस्तै हुन्।
20
आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ।
21
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।
22
पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।
23
गरीबले दयाको लागि बिन्तीभाउ गर्छ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।
24
धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्दा नजिक टाँसिन्छ।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31