bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 31
Proverbs 31
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
1
राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी— एक ईश्वरवाणी:
2
हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरो भाकलको छोरा,
3
तेरो बल स्त्रीलाई दिएर नसिद्धया, तेरो ताकत त्यस्तालाई नदे जसले राजाहरूको पतन गराउँछन्।
4
“यो राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले दाखमद्य पिउनु हुन्न, शासकहरूले मदिराको लालसा गर्नु हुन्न,
5
नत्रभने तिनीहरूले पिएर कानूनी आदेश के हो बिर्सनेछन्, र थिचोमिचोमा परेका सबैलाई तिनीहरूको अधिकारदेखि वञ्चित गराउँछन्।
6
तिनीहरूलाई मदिरा देऊ जो नष्ट भइरहेका छन्, दाखमद्य त्यस्ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।
7
तिनीहरूले पिऊन् र आफ्नो दरिद्रता भुलून्, र आफ्नो वेदना फेरि नसम्झून्।
8
“त्यस्ताहरूको पक्षमा बोल्, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, यस्ताहरूका अधिकारको निम्ति जो कङ्गाल छन्।
9
आवाज उठा र न्यायसँग फैसला गर्। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्।”
10
उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढ़ी मूल्यकी हुन्छिन्।
11
तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन।
12
तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।
13
तिनले ऊन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्।
14
व्यापारी जहाजहरूले जस्तै तिनले टाढ़ाबाट भोजन ल्याउँछिन्।
15
तिनी राती नै उठ्छिन्, आफ्नो परिवारको लागि भोजनको इन्तिजाम गर्छिन्, र आफ्नी दासी ठिटीहरूलाई आ-आफ्नो भाग दिन्छिन्।
16
खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्छिन्, र आफ्नो कमाइले तिनी दाखबारी लाउँछिन्।
17
तिनले आफ्नो काम फूर्तिसँग गर्छिन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्।
18
तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्, र तिनको बत्ती राती निभ्दैन।
19
तिनले आफ्नो हातमा चर्खाको डन्डा लिन्छिन्, र आफ्नै औँलाले पिउरी पक्रन्छिन्।
20
तिनले गरीबहरूलाई आफ्नो मुट्ठी खोल्छिन्, र आफ्नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्।
21
हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।
22
तिनले आफ्नो खाटको लागि ओढ्ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्छिन्।
23
तिनका पति सहरको मूल ढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्छन्।
24
तिनले सूती कपड़ाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्, र व्यापारीहरूलाई पटुकाहरू उपलब्ध गर्छिन्।
25
तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्।
26
तिनी बुद्धिसँग बोल्छिन्, र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ।
27
तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन्।
28
तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्:
29
“धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”
30
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
31
तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31