bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Proverbs 24
Proverbs 24
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 25 →
1
दुष्ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्छा नगर्,
2
किनभने तिनीहरूको हृदयले उपद्रव रच्दछ, र तिनीहरूका ओठले झमेला ल्याउने कुरा गर्दछ।
3
बुद्धिले घर बनाइन्छ, र सुझबुझले त्यो स्थापित हुन्छ,
4
ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्।
5
बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ, र ज्ञानी मानिसको सामर्थ्य बढ्छ।
6
युद्ध गर्नका निम्ति तँलाई अगुवाइ चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ।
7
मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ, ढोकामा जम्मा भएको समुदायको अगि बताउने कुरा त्यससँग हुँदैन।
8
खराबी जसले रच्दछ, त्यो षड्यन्त्रकारीको नाउँले चिनिनेछ।
9
मूर्खताका षड्यन्त्रहरू पाप हुन्, र मानिसहरू अर्काको खिल्ली उड़ाउनेलाई घिनाउँछन्।
10
सङ्कष्टको दिनमा लरखराइस् भने, तेरो बल कति कम रहेछ!
11
मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्।
12
यदि तँ भन्छस्, “हामीलाई त यसबारे केही थाहै भएन,” के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्याल राख्नुहुन्न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र? के उहाँले हरेक व्यक्तिलाई त्यसको कामअनुसार बदला दिनुहुन्न र?
13
हे मेरो छोरा, मह खा, किनभने त्यो असल हुन्छ, चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ।
14
यो पनि याद राख् कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ। यसलाई तैंले प्राप्त गरिस् भने, तेरो भविष्यको लागि आशा छ, र तेरो आशा व्यर्थै जानेछैन।
15
धर्मी मानिसका घरको विरुद्ध दुष्टले ढुकेझैँ ढुकी नबस्, त्यसको वासस्थानमाथि छापा नमार्,
16
किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्छ, तर दुष्टहरूलाई विपत्तिले नाश गरिदिन्छन्।
17
तेरो शत्रुको पतन हुँदा नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्,
18
नत्रभने परमप्रभुले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ, र त्यसदेखि आफ्नो क्रोध हटाउनुहुनेछ।
19
दुष्ट मानिसहरूको कारण पीर नमान्, वा दुष्टप्रति डाही नबन्,
20
किनभने दुष्ट मानिसका भविष्यको आशा हुँदैन, र दुष्टको बत्ती निभाइनेछ।
21
हे मेरो छोरा, परमप्रभुको र राजाको डर राख्, र विद्रोहीहरूसँग नमिल्,
22
किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्कासि सर्वनाश पठाउनुहुनेछ। र कस्ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्छ र?
23
यी पनि बुद्धिमान्का उखानहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
24
दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन् र जातिहरूले त्यसको निन्दा गर्नेछन्।
25
तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्यस व्यक्तिमाथि प्रशस्त आशिष् बर्षनेछ।
26
ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्बनजस्तै हो।
27
बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना।
28
आफ्नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्ना ओठलाई छली कामको लागि प्रयोग नगर्।
29
यसो नभन्, “त्यसले मलाई गरेझैँ म पनि त्यसलाई गर्नेछु, त्यस मानिसले मलाई गरेको साटो म लिनेछु।”
30
म एउटा अल्छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ,
31
चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।
32
मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें, र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें।
33
क्षणभरको सुताइ र क्षणभरको उँघाइले, हात बाँधेर क्षणभरको आराम गराइले,
34
दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31