bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 1
Revelation 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
1
येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँड़ै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाउनुभएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनुभयो।
2
यूहन्नाले देखेका सबै कुराहरूको, अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको गवाही दिए।
3
त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
4
यूहन्नाबाट एशियामा भएका सात वटा मण्डलीहरूलाई: उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्माबाट,
5
विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई,
6
हामीलाई एउटा राज्य, उहाँका पिता र परमेश्वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।
7
हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्। आमेन।
8
“अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ।
9
म यूहन्ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र सहनशीलतामा सहभागी छु। परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको खातिर म पत्मोस भन्ने टापूमा थिएँ।
10
प्रभुको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,
11
“तिमी जे देख्तछौ, सो एउटा पुस्तकमा लेख, र सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई।”
12
मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान
13
र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।
14
उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए।
15
उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो।
16
उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो।
17
जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, “नडराऊ, आदि र अन्त्य
18
र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।
19
यसकारण तिमीले जे देख्छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।
20
मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य यो हो: सात तारा सात मण्डलीका स्वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्डलीहरू हुन्।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22