bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 19
Revelation 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 20 →
1
त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनें, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्,
2
किनकि उहाँका इन्साफ सत्य र न्यायसङ्गत छन्। सारा पृथ्वीलाई आफ्नो व्यभिचारले भ्रष्ट पार्ने त्यस महा वेश्यालाई उहाँले दण्ड दिनुभएको छ, र उहाँका दासहरूका रगतको बदला लिइसक्नुभएको छ।”
3
तिनीहरूले फेरि एक पल्ट उच्च सोरले भने, “हल्लेलूयाह! त्यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्तिर गइरहन्छ।”
4
अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्वरलाई यसो भनेर दण्डवत् गरे, “आमेन, हल्लेलूयाह!”
5
तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “हाम्रा परमेश्वरको प्रशंसा गर, उहाँका सबै दास हो, तिमीहरू साना र ठूला जसले उहाँको भय मान्दछौ।”
6
त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ।
7
हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।
8
चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्।
9
अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन्।”
10
अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्वरलाई दण्डवत् गर! किनकि येशूको गवाही अगमवाणीको आत्मा हो।
11
मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ।
12
उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
13
उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो।
14
स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
15
जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख-कुण्ड उहाँले कुल्चनुहुन्छ।
16
उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
17
तब मैले एउटा स्वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्य आकाशमा उड्ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्वरको ठूलो भोजमा भेला होओ।
18
तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”
19
अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें।
20
तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए।
21
बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्जेल खाए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22