bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 21
Revelation 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
1
तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
2
अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।
3
सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ।
4
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
5
सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।”
6
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
7
जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ, र म त्यसका परमेश्वर हुनेछु, र त्योचाहिँ मेरो छोरो हुनेछ।
8
तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
9
तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु।”
10
तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।
11
त्यसमा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिकजस्तो चहकिलो थियो।
12
त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो, र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।
13
पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्चिममा तीन ढोकाहरू थिए।
14
सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।
15
सहर र त्यसका ढोकाहरू र पर्खाल नाप्नलाई मसँग बोल्नेसँग एउटा सुनको नाप्ने टाँगो थियो।
16
त्यो सहर वर्गाकार थियो। त्यसको चौडाइ र लमाइ समान थियो। तिनले त्यस टाँगोले नाप्दा त्यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।
17
स्वर्गदूतले त्यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्यो पैँसट्ठी मिटर थियो।
18
त्यो पर्खाल बिल्लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्तै त्यो चम्कन्थ्यो।
19
पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्नहरूले जड़िएका थिए। पहिलो जग बिल्लौरको, दोस्रो नीर, तेस्रो हरित रत्न, चौथो पन्ना,
20
पाँचौँ आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।
21
ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्येक ढोका मोतीको थियो। त्यस सहरको सड़क चहकिलो शीशाजस्तै निखुर सुनको थियो।
22
मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयम् परमेश्वर सर्वशक्तिमान् र थुमा नै हुनुहुन्छ।
23
त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्छ।
24
त्यहाँकै उज्यालोमा जाति-जातिहरू हिँड्डुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन्।
25
दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुनेछैनन्, र त्यहाँ रात नै हुनेछैन।
26
तिनीहरूले जाति-जातिहरूका वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्।
27
तर थुमाका जीवनको पुस्तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्नेछैन।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22