bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 17
Revelation 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
1
ती सात कचौरा लिने सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर मलाई भने, “यता आऊ, म तिमीलाई धेरै पानीहरूमा बसेकी त्यस महा वेश्यालाई दिइएको इन्साफ देखाउनेछु।
2
त्यससँग पृथ्वीका राजाहरूले व्यभिचार गरेका छन्, र पृथ्वीका बासिन्दाहरू त्यसका व्यभिचारको मद्यले मातेका छन्।
3
अनि तिनले मलाई आत्मामा बोकेर एउटा उजाड-स्थानभित्र लगे। त्यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्वर-निन्दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखें।
4
त्यस स्त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्दा कुरा, अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला हातमा लिएकी थिई।
5
त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान् बेबिलोन।
6
अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ।
7
तब ती स्वर्गदूतले मलाई भने, “तिमी किन अचम्म मान्दछौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दश सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु।
8
तिमीले देखेको त्यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।
9
“बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे।
10
तिनीहरू सात राजाहरू पनि हुन्— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।
11
त्यो पशु, जो एक समय थियो, तर अब छैन, त्योचाहिँ आठौँ हो। सातमध्येको त्यो एक हो, तर त्यसको सर्वनाश हुनेछ।
12
“तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्म राजकीय शक्ति पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग छोटो समयको निम्ति राजाकै अधिकार पाउनेछन्।
13
तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्।
14
तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य हुन्।”
15
ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्।
16
अनि तिमीले देखेका ती दश सीङ र त्यस पशुले त्यस वेश्यालाई घृणा गर्नेछन्, र त्यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।
17
किनकि परमेश्वरको वचन पूरा नहोउञ्जेल एक मनका भई तिनीहरूले आफ्नो राजकीय शक्ति त्यस पशुलाई दिएर उहाँको अभिप्राय पूरा गर्न परमेश्वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो!
18
तिमीले देखेको त्यो स्त्रीचाहिँ त्यो महानगरी हो, जसले पृथ्वीका राजाहरूमाथि प्रभुत्व गर्छ।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22