bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 14
Revelation 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 15 →
1
अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।
2
अनि धेरै पानीहरूको आवाजजस्तै, र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो।
3
सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो।
4
तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन्। परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए।
5
तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्।
6
अनि अर्को स्वर्गदूतलाई मध्य आकाशमा उड़िरहेका मैले देखें। पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो।
7
तिनले चर्को सोरमा भने, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।”
8
अनि एउटा अर्को स्वर्गदूत, अर्थात् दोस्राचाहिँ यसो भन्दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्नो व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।”
9
त्यसपछि तेस्रा स्वर्गदूत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने,
10
त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।
11
तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरू यी नै हुन् जसले त्यो पशु र त्यसको मूर्तिलाई पूजा गर्छन्, र त्यसका नाउँको छाप लिन्छन्। तिनीहरूले दिनरात कहिल्यै पनि आराम पाउनेछैनन्।”
12
परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ।
13
अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।”
14
अनि मैले हेरें, र एउटा सेतो बादल र त्यसमाथि बस्नुभएको मानिसको पुत्रजस्तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।
15
अर्को एउटा स्वर्गदूत मन्दिरबाट बाहिर आए, र बादलमाथि बस्नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।”
16
यसरी बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, अनि पृथ्वीको कटनी भयो।
17
अनि स्वर्गमा भएको मन्दिरबाट एउटा अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो।
18
तब वेदीबाट अर्को स्वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्वीका अंगूरका झुप्पाहरू जम्मा गर, किनकि पृथ्वीका अंगूर पूरै पाकिसकेका छन्।”
19
ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीका अंगूरको फसल जम्मा गरे, र त्यसलाई परमेश्वरका क्रोधको ठूलो दाख-कुण्डमा फालिदिए।
20
सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22