bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 10
Revelation 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
1
मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्द्रेनी थियो, र तिनको मुहार सूर्यजस्तो र पाउहरू आगोका खामाजस्ता थिए।
2
तिनको हातमा खोलिराखेको एउटा सानो चर्मपत्रको मुट्ठो थियो। तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे।
3
अनि सिंह गर्जेझैँ तिनी ठूलो सोरले कराए, र तिनी कराएपछि सात मेघ गर्जनहरूको आवाज आयो।
4
जब ती सात मेघ गर्जनहरूले आ-आफ्ना आवाज निकाले, म लेख्नै लागेको थिएँ, त्यसै बेला स्वर्गबाट यसो भन्ने आवाज मैले सुनें, “ती सात मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्त राख, र ती नलेख।”
5
तब समुद्र र जमिनमा उभिएका जुन स्वर्गदूतलाई मैले देखेका थिएँ, तिनले आफ्नो हात स्वर्गतिर उचाले।
6
अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्वर्ग र त्यसमा भएका कुराहरू, पृथ्वी र त्यसमा भएका कुराहरू, समुद्र र त्यसमा भएका कुराहरूलाई सृष्टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने।
7
तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ।
8
तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।”
9
अनि म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्यो महजस्तै गुलियो हुनेछ।”
10
मैले ती स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ, र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। तर त्यो खाएपछि मेरो पेट अमिलो भयो।
11
तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्नुपर्नेछ।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22