bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 4
Revelation 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
1
यसपछि मैले हेरें, र स्वर्गमा एउटा ढोका देखें, जो खुला थियो। मैले पहिले सुनेको सोर तुरहीको जस्तो आवाजमा मसँग यसरी बोलिरहेको थियो— “यतामाथि आऊ, र अब यसपछि जुन कुराहरू हुनुपर्छ सो म तिमीलाई देखाउनेछु।”
2
म तुरुन्तै आत्मामा भएँ। हेर, स्वर्गमा एउटा सिंहासन थियो, र एक जना त्यस सिंहासनमा विराजमान हुनुहुन्थ्यो।
3
त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिजस्तै देखिन्थ्यो, र सिंहासनको वरिपरि पन्नाजस्तो इन्द्रेनी थियो।
4
त्यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें।
5
त्यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्केर आउँथे, र त्यस सिंहासनको सामुन्ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्वरका सात आत्माहरू हुन्।
6
सिंहासनको अगि स्फटिकतुल्य काँचको समुद्रजस्तो थियो। अगाडि र पछाडि जम्मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए।
7
पहिलो प्राणी सिंहजस्तै थियो, दोस्रो प्राणी बहरजस्तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्तै र चौथो प्राणी उड़िरहेको गरुडजस्तै थियो।
8
ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्दै गाइरहन्छन्, “पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्थ्यो र हुनुहुन्छ र जो आउनुहुनेछ।”
9
जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्छ, उहाँलाई महिमा, आदर, धन्यवाद चढ़ाउँछन्,
10
तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्ने घोप्टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्डवत् गर्दछन्, र तिनीहरूका आ-आफ्ना मुकुट सिंहासनको सामुन्ने राखेर यसरी गाउँछन्:
11
“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22