bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 6
Revelation 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 7 →
1
जब थुमाले ती सातमध्ये एउटा मोहोर तोड्नुभएको मैले देखें, तब चार जीवित प्राणीहरूमध्ये एक जनाले मेघ गर्जन जस्तो आवाजले यसो भनेको मैले सुनें, “आऊ!”
2
अनि मैले एउटा सेतो घोडा देखें, त्यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्यसलाई एउटा मुकुट दिइयो, अनि त्यो विजयी भएर विजय गर्न निस्क्यो।
3
जब उहाँले दोस्रो मोहोर तोड्नुभयो, तब दोस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।
4
अर्को एउटा उज्ज्वल रातो घोडा बाहिर निस्किआयो। मानिसहरूले एक-अर्काको हत्या गरून् भनी यस घोड़सवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो। त्यसलाई एउटा ठूलो तरवार दिइयो।
5
जब उहाँले तेस्रो मोहोर तोड्नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो।
6
ती चार जीवित प्राणीका बीचमा एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, “एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ, तर तेल र दाखमद्यलाई हानि नगर्नू।”
7
जब उहाँले चौथो मोहोर तोड्नुभयो, तब चौथो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।
8
मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्यु” थियो, र “पाताल” चाहिँ त्यसको पछिपछि लागेको थियो। अनि पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्तियार तिनीहरूलाई दिइएको थियो।
9
जब उहाँले पाँचौँ मोहोर तोड्नुभयो, तब वेदीमुन्तिर मैले तिनीहरूका आत्माहरू देखें, जो परमेश्वरका वचनको निम्ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए।
10
अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान् पवित्र र सत्य प्रभु, अझै कहिलेसम्म तपाईंले पृथ्वीमा रहनेहरूको इन्साफ गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?”
11
तिनीहरू प्रत्येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै मारिएर संख्यामा पूरा नभएसम्म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।
12
जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें। सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो।
13
अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे।
14
आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्ना ठाउँबाट हटेर गए।
15
तब पृथ्वीका राजाहरू, राजकुमारहरू, जर्नेलहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्वतन्त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरू हुँदो लुके।
16
तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ,
17
किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ?”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22