bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 18
Revelation 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 19 →
1
यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्वी उज्यालो भयो।
2
तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ।
3
किनकि सबै जातिहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले धनी भएका छन्।”
4
तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ,
5
किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ।
6
त्यसले जे गरेकी थिई त्यही त्यसलाई देओ, त्यसले गरेका कामको दोबर त्यसलाई फर्काइदेओ त्यसले प्यालामा जे भरेकी थिई, त्यसको दोबर कड़ा हुने गरी त्यसलाई देओ।
7
त्यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्यत्तिकै त्यसलाई यातना र शोक देओ। किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन।’
8
‘यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्— मृत्यु, शोक र अनिकाल। आगोले त्यो भस्म पारिनेछे, किनकि त्यसको इन्साफ गर्ने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ।”
9
त्यससँग व्यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्वीका राजाहरू त्यो जलेको धूवाँ देखेर त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्।
10
त्यसको यातनाको डरले टाढ़ै उभिएर तिनीहरूले यसो भन्नेछन्, “हाय! हाय! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन! एकै छिनमा नै तेरो दण्ड तँमाथि पर्यो।”
11
पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र बिलौना गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्यापारका मालसामान फेरि कहिल्यै किन्दैनन्,
12
अर्थात् सुन, चाँदी, रत्न, मोती र मलमलका कपड़ाहरू, बैजनी कपड़ा, रेशम र चहकिलो रातो रङ्गका कपड़ाहरू, र सबै किसिमका सुगन्धित काठ, हरेक किसिमका हस्ति-हाड़का सामग्रीहरू, र हरेक बहुमूल्य काठका, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू,
13
र दालचिनी, मसला, सुगन्धित धूप, मूर्र, सेतो-धूप, मद्य, तेल, मसिनो पीठो, गहूँ, गाई-भैँसी, भेड़ाहरू, घोडाहरू, रथहरू, कमारा-कमारीहरू, अर्थात् मानिसहरूका आत्मा।
14
तिनीहरूले भन्नेछन्, “ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्वादिष्ठ भोजनहरू र समस्त चमकदमक तैंले गुमाइस्, र ती फेरि कहिल्यै प्राप्त हुनेछैनन्।”
15
यी सामानका व्यापारीहरू जसले त्यस नगरीमा व्यापार गरेर धन कमाएका थिए, त्यसमाथि परिआउने यातनाको डरले टाढ़ै उभिएर यसो भन्दै तिनीहरू ठूलो सोरले रुनेछन् र विलाप गर्नेछन्,
16
“हाय! हाय! त्यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्त्र लगाएर सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई।
17
किनभने एकै घड़ीमा यति धेरै धन नष्ट भएको छ।” हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढ़ै उभिए,
18
र त्यो महानगरी जलेर निस्केको धूवाँ देखेर यसो भनी कराए, “त्यो महानगरीजस्तो कुन सहर थियो?”
19
अनि तिनीहरूले आ-आफ्ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए, “हाय! हाय! त्यो महानगरी जहाँ समुद्रमा जहाज हुने सबै जना त्यसको सम्पत्तिद्वारा धनी भएका थिए। एकै छिनमा त्यो नष्ट भएको छ।
20
हे स्वर्ग, त्यसको इन्साफमा रमाओ! हे सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ।”
21
तब एउटा शक्तिशाली स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्यो फेरि कहिल्यै पाइनेछैन।
22
वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूका धुन तँमा कहिल्यै सुनिनेछैन। र कुनै पनि शिल्पको शिल्पकार तँमा कहिल्यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन।
23
बत्तीको उज्यालो तँमा कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्यै सुनिनेछैन। किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्त्रतन्त्रले जाति-जातिहरू ठगिएका थिए।
24
त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22