bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 8
Revelation 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
1
जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो।
2
परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो।
3
अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो।
4
धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो।
5
तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए, र पृथ्वीमा फ्याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो।
6
ती सात वटा तुरही हुने सातै स्वर्गदूत तुरही फुक्न तयारी भए।
7
पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्यो, र ती पृथ्वीमा बर्सिन लाग्यो। अनि पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढ़िहाले।
8
दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्तो समुद्रमा फालियो,
9
र समुद्रको एक तिहाइ भाग रगत बन्यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्ट भए।
10
तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आकाशबाट बल्दो राँकोझैँ एउटा ठूलो तारा खस्यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो।
11
त्यस ताराको नाउँ “ऐरेलु” हो, र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।
12
चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ ज्योतिविहीन भयो, त्यसरी नै रातको एक तिहाइ पनि।
13
मैले हेरें, र मध्य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनें, “फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22