bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 13
Revelation 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 14 →
1
समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
2
मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो।
3
त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो।
4
मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, “यो पशुजस्तो अरू को छ? यसको विरुद्धमा को लड्न सक्ने?”
5
त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो।
6
परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान, र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्नो मुख खोल्यो।
7
अनि त्यसलाई सन्तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।
8
र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
9
जसको कान छ त्यसले सुनोस्—
10
कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वास यसैमा छ।
11
अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो।
12
त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो।
13
मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गर्यो।
14
पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो।
15
त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्।
16
अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17
त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो।
18
बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22