bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Revelation 12
Revelation 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 13 →
1
स्वर्गमा एउटा आश्चर्यजनक चिन्ह देखियो: सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो, र त्यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।
2
त्यो गर्भवती थिई, र जन्माउने अवस्थाको पीडामा प्रसववेदनाले चिच्याइरहेकी थिई।
3
अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्यो।
4
त्यसको पुच्छरले स्वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। बालक जन्मनासाथ त्यसलाई निलिहालूँ भनी त्यो अजिङ्गर बालक जन्माउन लागेकी स्त्रीको सामुन्ने खड़ा थियो।
5
त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।
6
त्यो स्त्रीचाहिँ उजाड-स्थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको लागि ठाउँ तयार राख्नुभएको थियो।
7
अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे,
8
तर यिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन।
9
त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।
10
तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।
11
तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
12
यसकारण हे स्वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ! किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”
13
जब त्यस अजिङ्गरले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले छोरो जन्माउने त्यस स्त्रीलाई खेद्यो।
14
तर त्यस स्त्रीलाई त्यस सर्पको सम्मुखबाट उजाड-स्थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्यो उजाड-स्थान साढ़े तीन वर्षसम्म त्यस स्त्रीको पालनपोषणको निम्ति तयार गरिएको थियो।
15
त्यस स्त्रीलाई बाढ़ले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीजस्तै पानी निकाल्यो।
16
तर पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्यो, र अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निलिदियो।
17
तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन्।
18
अनि त्यो अजिङ्गर समुद्रको किनारमा खड़ा भयो।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22