bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 12
2 Chronicles 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 13 →
1
राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले याहवेहको व्यवस्था त्यागे।
2
तिनीहरू याहवेहप्रति अविश्वासी भएको कारण इजिप्टका राजा शीशकले राजा रहबामको पाँचौँ वर्षमा यरूशलेममाथि आक्रमण गर्दा,
3
बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्किया र कूशीहरूका असंख्य दलहरू थिए।
4
तिनले यहूदाका सुरक्षित सहरहरू कब्जा गरेर यरूशलेमसम्मै आए।
5
तब अगमवक्ता शमायाह रहबाम र यहूदाका अगुवाहरूकहाँ आए, जो शिशकको डरले यरूशलेममा भेला भएका थिए, र तिनले उनीहरूलाई भने, “याहवेहले यसो भन्नुहुन्छ, ‘तिमीहरूले मलाई त्याग्यौ; यसैकारण अब मैले तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु।’ ”
6
इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।”
7
तिनीहरूले आफूलाई विनम्र तुल्याएका याहवेहले देखिपछि शमायाहकहाँ याहवेहको यो वचन आयो: “तिनीहरूले आफूलाई विनम्र तुल्याएको कारण म तिनीहरूलाई नाश गर्नेछैनँ, तर चाँडै छुटकारा दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममाथि खनाइनेछैन।
8
तरै पनि तिनीहरूले मेरो सेवा गर्न र अरू देशका राजाहरूको सेवा गर्नुमा के भिन्नता छ, त्यो सिकून् भनेर तिनीहरू त्यसका अधीनमा रहनेछन्।”
9
इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरेपछि याहवेहको भवनका भण्डारका सबै चीजहरू र राजमहलका भण्डारका सामानहरू तिनले लगेर गए। सोलोमनले बनाएका सुनका ढालहरूसहित हरेक कुराहरू तिनले लगे।
10
यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए।
11
राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।
12
रहबामले आफूलाई विनम्र तुल्याएकाले याहवेहको क्रोध तिनीबाट हट्यो र तिनी सम्पूर्ण रूपले नाश भएनन्। अवश्य पनि यहूदामा केही असल कुरा थिए।
13
राजा रहबामले आफूलाई यरूशलेममा दृढतापूर्वक स्थापित गरेर राज्य गरिरहे। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्।
14
रहबामले आफ्नो हृदयमा याहवेहलाई नखोजेको कारण दुष्टता गरे।
15
रहबामको शासनका घटनाहरू, सुरुदेखि लिएर अन्त्यसम्म, के ती अगमवक्ता शमायाहका वृतान्तमा र वंशावली लेख्ने दर्शी इद्दोको वृतान्तमा लेखिएका छैनन् र? रहबाम र यारोबामको बीचमा लडाइँहरू भइरह्यो।
16
रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36