bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 29
2 Chronicles 29
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 30 →
1
राजा हुँदा हिजकिया पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्।
2
आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
3
आफ्नो शासनको पहिलो वर्षको पहिलो महिनामा तिनले याहवेहको मन्दिरका ढोकाहरू खोले र तिनलाई मर्मत गरे।
4
तिनले पुजारी र लेवीहरूलाई भित्र ल्याए। तिनीहरूलाई पूर्वतिरको चोकमा भेला गराए,
5
र भने: “हे लेवी हो, मेरो कुरा सुन! अहिले आफूलाई पवित्र बनाओ। याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई पवित्र बनाओ। पवित्रस्थानबाट सबै अशुद्धताहरू हटाओ।
6
हाम्रा पुर्खाहरू विश्वासयोग्य थिएनन्; तिनीहरूले याहवेह हाम्रा परमेश्वरको दृष्टिमा दुष्टता गरे र उहाँलाई त्यागे। तिनीहरूले आफ्ना अनुहार याहवेहको वासस्थानदेखि अर्कैतिर फर्काए, र तिनीहरूले आफ्ना पिठिउँ उहाँतिर फर्काए।
7
तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए, र बत्तीहरू निभाइदिए। तिनीहरूले इस्राएलका परमेश्वरकहाँ धूप बालेनन्, र पवित्रस्थानमा होमबलि चढाएनन्।
8
यसकारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आएको छ; उहाँले तिमीहरूलाई डर, आतङ्क र ठट्टाको पात्र बनाउनुभएको छ, जुन तिमीहरूले आफ्नै आँखाले देख्दैछौ।
9
यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्।
10
उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्वरसित एउटा करार बाँध्ने इच्छा गर्छु।
11
मेरा छोराहरू, बेवास्ता नगर! किनकि याहवेहले तिमीहरूलाई उहाँको सामु खडा भएर उहाँको सेवा गर्नलाई, उहाँको अगाडि सेवक भएर धूप बाल्नलाई चुन्नुभएको छ।”
12
तब यी लेवीहरू काम गर्न निस्के: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल; मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह; गेर्शोनीहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन;
13
एलीशापानका सन्तानहरूबाट: शिम्री र यीएल; आसापका सन्तानहरूबाट: जकरिया र मत्तन्याह;
14
हेमानका सन्तानहरूबाट: यहीएल र शिमी; यदूतूनका सन्तानहरूबाट: शमायाह र उज्जीएल।
15
तिनीहरूले आफ्ना लेवी दाजुभाइहरूलाई भेला गरेर आफूलाई पवित्र गरे; अनि याहवेहको आज्ञाअनुसार राजाले हुकुम गरेझैँ तिनीहरू याहवेहको मन्दिर शुद्ध गर्न भित्र पसे।
16
पुजारीहरू पवित्रस्थानलाई शुद्ध गर्न त्यसभित्र पसे। तिनीहरूले याहवेहको भवनभित्र भेट्टाएका हरेक अशुद्ध कुरा याहवेहको मन्दिरबाट बाहिर आँगनमा ल्याए। लेवीहरूले त्यसलाई बोकेर किद्रोनको खोल्सामा लगे।
17
पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगे। अनि अझै आठ दिनसम्म तिनीहरूले याहवेहको मन्दिर पवित्र गरे; अनि पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए।
18
तब तिनीहरू राजा हिजकियाकहाँ गएर खबर दिए: “हामीले याहवेहको सम्पूर्ण मन्दिर होमबलिको वेदी र त्यसका सबै भाँडाकुँडाहरू, पवित्र रोटी राख्ने टेबुल र त्यसका सामग्रीहरू शुद्ध गरेका छौँ।
19
राजा हुँदा आहाजले आफ्नो अविश्वासमा हटाएका सबै सामग्रीहरू हामीले तयार गरेर शुद्ध पारेका छौँ। ती अब याहवेहको वेदीको सामु छन्।”
20
भोलिपल्ट बिहानै राजा हिजकियाले सहरका अधिकृतहरूलाई एकसाथ भेला गरे, र याहवेहको मन्दिरमा उक्लेर गए।
21
तिनीहरूले राज्यको निम्ति, पवित्रस्थानको निम्ति र यहूदाको निम्ति पाप शुद्धीकरण बलिस्वरूप सात वटा साँढे, सात वटा भेडा, सात वटा भेडाका थुमा र सात वटा बोका ल्याए। राजाले हारूनका सन्तान पुजारीहरूलाई ती याहवेहको वेदीमा चढाउने हुकुम गरे।
22
यसकारण तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले रगत लिएर त्यो वेदीमाथि छर्किदिए; अर्को दिन तिनीहरूले भेडा मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए। त्यसपछि तिनीहरूले थुमाहरू मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए।
23
पाप शुद्धीकरणका निम्ति बलिका बोकाहरूचाहिँ राजा र समुदायको सामु ल्याइए, र तिनीहरूले आफ्ना हात तीमाथि राखे।
24
त्यसपछि पुजारीहरूले ती बोकाहरूलाई मारे, र तिनीहरूका रगत सारा इस्राएलको प्रायश्चितको निम्ति पाप शुद्धीकरण बलिको रूपमा वेदीमा चढाए; किनकि राजाले इस्राएलको निम्ति होमबलि र पाप शुद्धीकरण बलिको निम्ति हुकुम गरेका थिए।
25
तिनले लेवीहरूलाई दावीदले, राजाका दर्शी गादले र अगमवक्ता नातानले तोकिदिएझैँ झ्यालीहरू, वीणाहरू र सिताराको साथमा याहवेहको मन्दिरमा राखिदिए। यी कुराहरू याहवेहले आफ्ना अगमवक्ताहरूद्वारा आज्ञा दिनुभएको थियो।
26
यसकारण लेवीहरू दावीदका बाजाहरू र पुजारीहरू आफ्ना तुरहीसित उभिए।
27
हिजकियाहले वेदीमाथि होमबलि चढाउने हुकुम दिए। भेटी चढाउने काम सुरु भएपछि याहवेहका निम्ति इस्राएलका राजा दावीदका तुरहीहरू र बाजाहरूबाट स्तुति गाउने काम पनि सुरु भयो।
28
सारा समुदाय आराधनामा निहुरे, गायकहरूले गाए र तुरही फूक्नेहरूले तुरही फुके। होमबलि चढाउने काम समाप्त नभएसम्म यस्तो भइरह्यो।
29
भेटीहरू चढाइसकिएपछि राजा र तिनीसित भएका सबै जनाले घुँडा टेकेर आराधना गरे।
30
राजा हिजकिया र तिनका अधिकृतहरूले लेवीहरूलाई दावीदका र दर्शी आसापका शब्दहरूमा याहवेहको प्रशंसा गर्ने हुकुम गरे। यसकारण तिनीहरूले खुशीसाथ प्रशंसाका गीत गाए; र आफ्ना शिरहरू निहुराएर आराधना गरे।
31
तब हिजकियाले भने, “तिमीहरूले अब आफूलाई याहवेहकहाँ अर्पण गरेका छौ। आओ, र याहवेहको मन्दिरमा बलिदानहरू र धन्यवादका भेटीहरू ल्याओ;” अनि राजीखुशी हुने सबैले होमबलि ल्याए।
32
समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढेहरू, एक सय वटा भेडाहरू र दुई सय वटा थुमाहरू थिए, यी सबै याहवेहका निम्ति होमबलिको रूपमा ल्याइएका थिए।
33
बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए।
34
तरै पनि ती होमबलिका सबै छालाहरू निकाल्नको निम्ति पुजारीहरू अति कम थिए; यसकारण त्यो काम समाप्त नभएसम्म र अरू पुजारीहरूलाई पवित्र नपारेसम्म तिनीहरूकै आफन्त लेवीहरूले तिनीहरूलाई सघाए। किनकि आफूलाई पवित्र पार्ने काममा पुजारीहरूभन्दा लेवीहरू बढी होसियारी थिए।
35
त्यहाँ होमबलि पर्याप्त मात्रामा थिए; अनि मेलबलिको बोसो र होमबलिको साथमा चढाइने अर्घबलि पनि थिए। यसरी याहवेहको मन्दिरको सेवा पुनर्स्थापित गरियो।
36
परमेश्वरले आफ्ना जातिको निम्ति गर्नुभएको कामको निम्ति हिजकिया र सबै मानिसहरूले आनन्द मनाए; किनकि यो यति चाँडो गरिएको थियो।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36